विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई एकदिने क्षमता विकास तालिम : रैनादेवी छहरामा सञ्चालन

पाल्पा, रैनादेवी छहरा गाउँपालिकाले गाउँपालिकाभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्षहरूलाई विद्यालय व्यवस्थापन सम्बन्धी एकदिने क्षमता विकास तालिम सञ्चालन भएको छ । एकदिने तालिमको उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हाे ।

उद्घाटन कार्यक्रममा २ नं वडाध्यक्ष दानबहादुर पौडेल, ३ नं वडाध्यक्ष प्रदिप पौडेल, ४ नं वडाध्यक्ष गोविन्दबहादुर रायमाझी, ५ नं वडाध्यक्ष तथा सामाजिक विकास समिति संयोजक हुमानसिंह कार्की, ८ नं वडाध्यक्ष रेमबहादुर राना, सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघका केन्द्रिय उपाध्यक्ष नलबहादुर राना, शिक्षाअधिकृत निशा पाण्डेको आतिथ्यता रहेको थियो । एकदिने क्षमता विकास तालिममा सहभागी रैनादेवी छहरा गाउँ पालिकाका विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरूलाई जिल्ला शिक्षा विकास समन्वय इकाई, रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रम सञ्चालन शिक्षा शाखाका प्रा.स. राजाराम भाटले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा अध्यक्षता गर्नुहुदै गाउँपालिकाका अध्यक्ष रूक्मागत भट्टराईले तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आग्रह गर्नुभएको हाे । उहाँले कार्यक्रममा बाेल्नुहुदै तालिम लिएर मात्र त्यसको औपचारिकता पूरा नहुने भएकाले गाउँपालिकाले त्यस सम्वन्धि तालिम प्रदान गरेकोमा उक्त तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्दै विद्यालयकाे पठनपाठन एवं समग्र शैक्षिकक्षेत्रकाे भाैतिक विकास र शैक्षिक गुणस्तर वृद्धिमा परिवर्तन ल्याउने गरि अग्रसर हुन आग्रह गर्नुभएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *