विभिन्न देशमा लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त

काठमाडौं संवाददाता ,राष्ट्रपति रामचन्द्र पौडेलले सुधीर भट्टराईलाई गणतन्त्र फ्रान्सका लागि नेपालको आवासीय राजदूतमा,तेजबहादुर क्षेत्रीलाई संयुक्त अरब इमिरेट्सका लागि नेपालको आवासीय राजदूतमा र घनश्याम लम्साललाई कुवेतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएकाे छ ।

राष्ट्रपति पौडेलले उहाँहरुलाई नेपालको संविधान- २०७२ काे धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयकाे प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *