विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा जनचेतना र्‍याली

नवराज ज्ञवाली पाल्पा, राेटरी क्लब अफ पाल्पा लुम्बिनी, राेट्याक क्लब अफ पाल्पा लुम्बिनी र लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल लिमिटेडकाे संयुक्त आयोजनामा असोज २३गते “हाम्रो दिमाग हाम्रो अधिकार” भन्ने नाराका साथ विश्व मानसिक दिवस मनाईंदैछ।जनचेतनामूलक र्‍याली सहित सुरु भएको विश्व मानसिक स्वास्थ्य र्‍याली लुम्बिनी मेडिकल कलेज तथा शिक्षण अस्पताल प्रभासबाट सुरु भएको जनचेतना र्‍याली बाँसटारीचाेक हुदै पुनः प्रभास बगैंचामा पुगेर समापनमा परिणत भएको थियोे ।

सन् १९९२ मा विश्व मानसिक स्वास्थ्य महासंघले पहिलो पटक यो दिवस मनाउन सुरु गरेपछि त्यसपछि विश्व स्वास्थ्य संगठनको आह्वानमा हरेक वर्षको अक्टोबर १० तारिखमा मानसिक स्वास्थ्य दिवस मनाउन थालिएको हो । विश्वमा ४५ करोड मानिसमा कुनै न कुनै किसिमबाट मानसिक स्वास्थ्य समस्यामा रहेदै आएको जानकारी गराउँदै (WHO) विश्व स्वास्थ्य संगठनको तथ्याङ्कमा उल्लेख गरेको छ । स्वास्थ्य संगठनका अनुसार हरेक चारजना मध्ये एकजनामा कुनै न कुनै किसिमको मानसिक स्वास्थ्य समस्या हुने गरेको भन्दै सामान्य कुरामा पनि तनाव लिँदा भविष्यमा मानसिक रोग लाग्ने भएकाले जतिसुकै समस्या मानव जीवनमा आएपनि तनावमुक्त भएर रहन मनोविमर्शकर्ताले सुझाव दिदै आएका छन् ।

लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेडका एशाेसियट्ड प्राेफेसर एवं नशा तथा मानसिक राेग विशेषज्ञ डा. भाष्कर शर्माले सचेतता र्‍याली समापनमा बाेल्दै मानसिक स्वास्थ्य समस्याका मनाेराेगीहरूकाे औषधि भनेको स्नेह माया ममता र राेगकाे बारेमा कम्तीमा परिवारका एकजनालाई सदस्य लाई आफ्ना समस्या बताएमा पनि उपचारात्मक , प्रतिरोधात्मक तरिकाले हल गर्न सकिने बताउनुभयो । सचेतना र्‍याली समापन कार्यक्रममा उहाँले मानसिक स्वास्थ्य समस्या मानिसकाे दैनिक जीवनमा हुन आउने उतारचढावमा हुने परिवर्तनले असर गर्न थालेपछि तनाव रहेका मानिसमा मानसिक स्वास्थ्य रोगको संभावना उच्च हुने र चुनाैतीहरूलाई सामना गर्ने, उपचारात्मक तथा प्रतिरोधात्मक उपायका लागि सचेतता जागृत गर्न यसलेसमुदायलाई ठूलो मद्धत पुग्ने वरिष्ठ नशा तथा मानसिक राेग विशेषज्ञ डा. शर्माले बताउनुभयो ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा आयाेजना गरिएको जनचेतना र्‍यालीकाे समापनमा बाेल्दै राेटरी क्लब अफ पाल्पा लुम्बिनी क्लब एडमिन चियर डा. समता नेपालले मानसिक राेग समस्या मानिसमा चिन्ता, तनाव, एङजाइटी, डिप्रेशन,फोबिया लगायतका कारणकाे समस्याबाट मानसिक स्वास्थ्य उत्पन्न हुने उच्च जाेखिम रहने हुँदा त्यसमा विशेष ध्यान दिन जरुरी रहेको बताउँदै डा. नेपालले नेपालमा पनि यसको उच्च जाेखिम रहेको र हरेक दस जना मध्य एकजनालाई यस्तो समस्या रहने उहाँले बताउनुभयो ।राेटरी क्लब अफ पाल्पा लुम्बिनी ,राेट्याक क्लब अफ पाल्पा लुम्बिनी र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लि.प्रभासकाे संयुक्तरूपमा आयाेजित सचेतता र्‍याली कार्यक्रममा मेडिकल कलेजका कम्पनी सचिव कृष्ण पराजुलीले समुदायमाहित हुने र हरेक गतिविधिमा मेडिकल कलेज सधै संगसंगै रहेको भन्दै यस विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा सचेतना र्‍याली कार्यक्रममा आफ्नो भनाइ राख्न अवसर प्रदान गर्नुहुनेआयोजक लगायत सबैलाई धन्यवाद सहित आभार ब्यक्त गर्दैआफ्नो मन्तब्य राख्नुभएको थियोे ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा गरिएको सचेतना र्‍यालीमा बाेल्दै लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ्ग हस्पिटल लिमिटेड मेट्राेन शिखा पहारीले समस्या भए मनोपरामर्शबाट परामर्श लिएर साेही अनुसारकाे पालना गरे निको हुने, दोस्रो चरणमा भए डाक्टरको सल्लाहमा केही समय औषधि खाए पुग्ने र तेस्रो चरणमा भए लामो समय औषधि खाँदा मानसिक रोक निको हुने बताउँदै यस्ता बिरामीहरू एक्लै बस्न रूचाउने, रुन मन लाग्ने, कराउने, चिच्याउने, पढ्न मन नलाग्ने जस्ता व्यवहार देखाउने हुँदा यस्तो ब्यवहार परिवर्तन भई यी समस्याका लक्षण देखिए तुरुन्तै परामर्श गर्नतर्फ लाग्नुपर्ने बताउनुभयो ।

विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा लुम्बिनी मेडिकल कलेज प्रभासबाट निस्किएको सचेतता र्‍याली बाँसटारीचाेकमा पुगेर पुनः प्रभास बगैंचामा आई सभामा परिणत भएको थियोे भने सचेतना र्‍याली समापन कार्यक्रम राेटरी क्लब अफ पाल्पा लुम्बिनीका सचिव मुक्तिराम भुषालकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *