पाल्पा, रिब्दिकाेट गाउँपालिका -४ भैरवस्थान,ढेकुलडाँडास्थित शान्ता अर्याल पाेखरेलले यतिबेला किवी खेती सहित फलफूल र कृषिबाट मनग्गे आम्दानी गर्न सफल हनुभएकाे छ। विगत शिक्षण पेशामा आवद्ध रहि लामो समय शिक्षामा व्यतीत गर्नुभएकाे पाेखरेलले यतिबेला कृषि पेसामा संलग्न भई किवी खेती सहित फलफूल लगायत अन्य कृषि काम गरिरहनु भएको छ ।
आफूसँग काम गर्ने आँट र जाँगर भए रोजगारीका लागि विदेश जानु पर्दैन भन्ने उदाहरणका आफुले याे कर्म गरिरहेको बताउँने उहाँले यस पेसामा लागेर आफु सफल नै भएको उहाँ भन्नुहुन्छ अर्काको देशमा गएर काम गर्नुभन्दा आफ्नै स्वदेशकाे माटोमा श्रम गर्दाकाे आनन्द छुट्टै हुने र आफ्नै गाउँघरमा श्रम गर्दा त्यसको उचित मुल्य पाउन सकिने तर्क गर्नुहुदै उहाँले यसअघि करिव बाह्र वर्ष बढि शिक्षण पेशामा आवद्ध रहेकाे उहाँले बताउनुभयो । अहिले कृषि पेसालाई प्रमुख पेशाकाे रूपमा अंगाल्दै अघि बढ्दै गर्दा आत्मसम्मान मिलेको अनुभूति गर्दै आफ्नो माटोमा श्रम गर्नुको आनन्द छुट्टैहुदाे रहेछ उहाँले भन्नुभयो ।
बाह्र वर्षबढि गरेको शिक्षण र शिक्षककाे पेसालाई चट्टकै छाडेर गाउँमै कृषि कर्ममा लाग्दा फरक अनि छुट्टै अनुभूति मिलेको छ उहाँले भन्नुभयो ।यसअघि आफ्ना श्रीमानले सक्रिय रूपमा खेतीपाती र फलफूल तथा तरकारी खेती गर्दै सामाजिक, राजनीतिक गर्दै कृषि कर्ममा लाग्नुभएको थियोे । मैले उहाँले सुरु गरेको कृषि कर्मलाई मात्र मैले निरन्तरता दिएको हाे उहाँले भन्नुभयाे ।अहिले श्रीमान ब्यापारका लागि घर बाहिर हुनुहुन्छ ,उहाँले सुरु गरेको कृषि कर्मकाे निरन्तरतालाई मैले उहाँको अनुउपस्थितीमामात्र रेखदेख गरेको हाे उहाँ भन्नुहुन्छ ।
दुवैको वरावर मिहिनेतले याे सफलता मिलेको बताउँदै पैसा कमाउनकै लागि भनेर अहिले धेरै युवाहरू विदेश जाने परिपाटीकाे विकास भएको छ, राज्यले राेजगारीकाे राम्रो ब्यवस्था गर्न नसकेकै कारण दैनिक हजारौंले अवसरकाे खाेजी विदेशमा खाेज्छन्,यसबाट ऊर्जाशील युवाहरू विदेशीदाँ राज्यलाई ठूलो नाेक्सानी हुन्छ, राज्यकाे नेतृत्वले यसविषयमा गम्भीर भएर आफ्नो नागरिक र युवाशक्तिलाई स्वदेश बस्ने र यहीँ माटाेमा श्रम गर्ने वातावरण तयार गरिदिनुपर्छ उहाँ भन्नुहुन्छ । कृषि उत्पादनका लागि स्थानीय सरकारबाट युवालाई आवश्यक सीप विकास तालिम उत्पादित बस्तुकाे उचित मूल्यमाबस्तु बिक्रीकाे प्रवन्ध र बजारको ग्यारेन्टी उत्पादनमा आधारितअनुदान उचित मलखाद सिँचाइकाे ब्यवस्था र समयमै बिउकाेउपलब्धता सहित युवाशक्तिलाई आफ्नै माटोमा श्रम गर्ने प्रेरणा सरकारबाट हुनुपर्ने देखिन्छ तर यहाँ कृषिमा काम गर्नु भन्दा धेरै प्रचार गर्ने परिपाटी बढ्दै छ यसले छाेटाे समय आर्थिक उपार्जन भएपनि मनमा सन्तुष्टि रहदैन जब सन्तुष्टि भएन भने त्यो काम पनि दिगो नहुने र आफुले गरेको कामको आकर्षण घटेर जाने भन्दै उहाँले कृषिमा श्रम गर्नेले भन्दा कागजमा श्रमगर्ने हरूलेनैअनुदान पाउने ब्यवस्था नहट्दासम्म कृषि उत्पादनमा दिगो नहुने र यस्तै समस्याले गर्दानै गरिरहेकाे कृषिकाे काम छाेडेर यहाँबाट दिनहुँ सयौं संख्यामा ऊर्जाशील युवाहरू विदेशतिर लाग्न बाध्य छन् , अनि कसरी राज्यको प्रगति हुन्छ र उहाँले भन्नुभयो ।
![](https://i0.wp.com/euttardayitwa.com/wp-content/uploads/2023/09/FB_IMG_16958318734213258.jpg?resize=640%2C341&ssl=1)
हामीले पन्ध्र राेपनी जग्गा मध्ये चार राेपनी जग्गामा किवी खेती अन्यमा फलफूल सहित तरकारी लगाउँदै आएको पूर्व शिक्षक अर्याल पाेखरेलले पहिलो वर्षमा पाँच हजार किलो फलेकोमा अहिले वार्षिक तीस हजार किलोसम्म किवी फल्ने गरेको भन्दै अहिले किवीबाट वार्षिक रू. पाँच लाख देखि आठ लाखसम्म र अन्य फलफूलमा कागती, सुन्तला ,एभाेगाडाे र सिजन अनुसार तरकारी खेतीबाट सात लाखसम्म वार्षिक आम्दानी गरि जम्मा पन्ध्र लाख वार्षिक आम्दानी रहेकोमा सबै खर्च कटाएर वार्षिक बचत रू.पाँच लाखसम्म हुने गरेको उहाँले बताउनुभयो ।
स्वास्थ्यका हिसाबले पौष्टिक रहेको किवी फल कसैलाई कोसेली दिन पर्याेभने राम्रो हुने र स्वास्थ्यलाई पनि फाइदाजनक नै रहने भएकाले अहिले यसकाे बजारमा माग पनि दिनहुँ बढ्दाे छ । त्यसैले यसको खेतीमा पनि अहिले अधिकांशकाे आकर्षण पनि बढ्दाे छ भन्दै अर्याल पाेखरेलले आफ्नो अधिकांश समय किवी बारीमा हेरचाहका लागि खर्चिने गरेको उहाँले बताउनुभयो । पाँच वर्षअघि तीस बोटबाट सुरु गरेको किवीले अहिले राम्रो उत्पादन दिन थालेको बताउँदै उहाँले यो वर्ष पाँच हजार केजी किवी बिक्री गर्ने योजना रहेको उहाँ भन्नुहुन्छ । अहिले युवाहरू विदेशमा जान तयार हुने तर आफ्नो जग्गा जमिनलाई बाँझो राखी जमिनको सदुपयोग नगर्ने अवस्था छ, यस्तोमा जमिनकाे सदुपयोग पनि हुने जग्गाजमिनकाे संरक्षण पनि हुनेहुँदा किवी खेती राम्रो हुने उहाँ बताउनुहुन्छ । रिब्दिकाेटका अन्य वडाका गाउँबस्तीमा पनि यसको व्यावसायिक रुपमा किवी खेती गर्न सकिने उहाँले बताउनुभयो ।
समुद्री सतहबाट एक हजार मिटर भन्दा माथिको उचाइमा खेती गर्न र उत्पादन लिन सकिने किवी फलफूल मध्येमा सबैभन्दा धेरै पौष्टिकतत्व भएको फलको रुपमा रहेको जानकारी दिनुहुदै उहाँ भन्नुहुन्छ , किवीको फल एवं बिरुवा दुवैबाट फाइदा लिन सकिने र एउटै रुखमा पचास देखि सत्तरी किलोसम्म फल लाग्ने किवी बजारमा अहिले प्रतिकिलो चार सय देखि सात सय रूपैयाँसम्म बजारमा सजिलै बिक्री हुने गरेको उहाँले बताउनुभएको छ। काठमाडौँबाट हेवार्ड जातको किवीकाे बिरुवा ल्याएर आफ्नो श्रीमान गाेविन्दबहादुर पाेखरेलले रिब्दिकाेटकाे भैरवस्थानमा पहिलो पटक किवी खेतीकाे गर्न सुरु गरेको सम्झिदै उहाँले भन्नुभयो त्यतिबेला भने रहरले गर्दा किवी लगाएको थिए। बजारमा किवीकाे माग बढ्दाे र भविष्यकाे सम्भावनालाई राम्रो देखेपछि अहिले व्यावसायिक रुपमा किवी खेतीको सुरुवात गरेको पाेखरेलले बताउनुभयो ।