शिक्षामा गुणस्तर बढाउन आधारभूत तहमा लगानी आवश्यक : मन्त्री चौधरी

काठमाडाैँ, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताउँनुभएकाे छ । स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुदै मन्त्री चौधरीले उक्त धारणा  व्यक्त गर्नुभएको हाे ।

दुर्गा दाहाल स्मृति काेष व्यवस्थापन समितिकाे कार्यक्रममा बाेल्दै उहाँले ‘अझै पनि हाम्रो शिक्षा गुणस्तरीय छैन। हाम्रा पाठ्यक्रमहरू गुणस्तरीय छैनन्। तर पनि डम्बर चेम्जोङ जस्तो व्यक्तिहरू अमेरिकासम्म पुगेर पिएचडी गर्नु समाजका लागि निकै ठुलो कुरा हो’, मन्त्री चौधरीले भन्नुभयाे । आधारभूत शिक्षा आधारभूत विद्यार्थीले सिक्ने ‘चाइल्ड सेन्ट्रिक मेथोलोजी हो कि, टिचर सेन्ट्रिक हो’ त्यसमा हामीले ध्यान दिन आवश्यक छ भन्दै मन्त्री चाैधरीले ‘चाइल्ड सेन्ट्रिक मेथोलोजि’का सन्दर्भमा केही समय युनिसेफमार्फत काम गरेको स्मरण गर्दै भन्नुभयो । अहिले पनि हाम्रा आधारभूत विद्यालयहरूमा पढाई हुने ‘कन्टेन्ट’हरू कमजोर रहेको बताउँदै उहाँले विद्यालयहरूको अवस्था अहिले पनि खराब रहेको र त्यसमा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउँनुभयाे।

अहिले विद्यालय शिक्षा ऐन संशोधन र परिमार्जन गर्न बनेको विधेयक संसद्मा टेबल भई संशोधनका लागि छलफल भइरहेको उल्लेख गर्दै उहाँले संघीय शिक्षा ऐन आउन बाँकी नै रहेको बताउँनुभयाे । संघीय शिक्षा ऐन एकीकृत रुपमा तीनवटै तहको सरकारलाई समेट्ने गरि आउन आवश्यक रहेको समेत मन्त्री चाैधरीकाे भनाई थियो । अहिले शिक्षा स्थानीयतहलाई जिम्मा दिइएको भए पनि त्यसलाई एकीकृत गरेर आगामी शिक्षा कस्तो बनाउने भन्ने हिसाबले शिक्षा ऐन आउनुपर्ने मन्त्री चौधरीले भन्नुभयो । उहाँले हरेक व्यक्तिमा बहुआयामिक क्षमता रहने  गरेको भन्दै उहाँले हरेक व्यक्तिले पढ्ने, अध्ययन गर्ने, सिर्जना गर्ने फरकफरक क्षमता रहने गरेको  बताउँनुहुँदै मन्त्री चाैधरीले त्यसकारण व्यक्तिको क्षमतालाई उभारिदिने ठाउँ शिक्षा हुनुपर्ने धारणा   राख्नुहुदै मन्त्री चाैधरीले अब शिक्षाकाे गुणस्तरमा सुधार गर्दै आधारभूत तहबाट गुणस्तर सुधार गर्ने बताउँनुभयाे ।

कार्यक्रमकै बीचमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको विभागीय प्रमुख डाक्टर डम्बर चेम्जोङलाई सम्मान गरिएको थियो।
सम्मान ग्रहण पछि बोल्दै चेम्जोङले धनकुटाको सामान्य गाउँमा पढेर आएको व्यक्तिले अमेरिकाबाट विद्यावारिधि र नर्वेबाट एमफिल गर्न पाउनु निकै ठुलो कुरा रहेको बताउँनुभएकाे थियाे। जागिर पछिको जीवन आफ्नै गाउँमा गएर आधारभूत तहको शिक्षामा लगानी गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएका चेम्जोङले दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटालाई पचास हजार रुपैयाँ सहयोग गर्ने घोषणा समेत गर्नुभएको थियाे। स्वर्गीय दाहाल धनकुटामा शिक्षक आन्दोलन तथा सहकारी अभियानका अगुवा हुनुहुन्थ्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *