शिक्षा सेवा आयोगकाे नाम निकाल्न सफल शिक्षकहरूलाई दियो रिब्दिकाेटले नियुक्ती

नवराज ज्ञवाली पाल्पा , शिक्षक सेवा आयोगकाे परीक्षाबाट नाम सफल भई शिक्षा विकास तथा समन्वय इकाई  पाल्पाको सिफारिसमा रिब्दिकाेट गाउँपालिका आउँनुहुने शिक्षकहरुलाई पालिकामा रिब्दिकाेट गाउँपालिका शिक्षा शाखाले नियुक्ति पत्र प्रदान गरेको छ । रिब्दिकाेट गाउँपालिकाकाे शिक्षा शाखाले शिक्षा सेवा आयाेगमा नाम निकाल्न सफलभै रिब्दिकाेट राेज्नुहुने शिक्षकहरूलाई स्वागत गर्दै नियुक्ति-पत्र प्रदान गर्दै नियुक्ति लिने शिक्षकहरूले सम्वन्धित बिद्यालयमा गई हाजिर हुन निर्देशन गरेको हाे।


रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले नियुक्ति लिन आउँनुभएका शिक्षकहरूलाई नीतिगत निर्देशन गर्नुहुदै रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा जहिले पनि शिक्षकमैत्री रहेको बताउँदै उहाँले शाखा प्रमुखको हिसाबले तपाईंहरूको समस्यामा सधै साथमा हुने बताउनुभयो । अहिले नियुक्ति लिदैगर्दा यहाँहरूले  राेजेकाे विद्यालय भएन भनि चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताउँदै उहाँले कार्यरत रहेको विद्यालयबाट पायक पर्ने स्थान रिक्त रहेकाे जानकारी यहाँहरूले गराए शिक्षा शाखाले तुरुन्तै सहमति दिने पनि उहाँले बताउनुभयाे।

नियुक्ति प्रदान कार्यक्रममा रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले रिब्दिकाेटलाई राेज्नुभएकाेमा बधाई दिनुहुदै समृद्ध रिब्दिकाेट निर्माणका लागि यहाँहरूकाे भूमिका महत्त्वपूर्ण हुने भएकोले नियुक्ति लिएर कर्म स्थान जानुहुने शिक्षकहरू आफू कार्यरत विद्यालयमा मिहिनेत लगनशील भएर कर्म गर्नुहुनेछ भन्ने विश्वास गाउँपालिकाले लिएको भन्दै अध्यक्ष कार्कीले कुशल , चरित्रवान, नैतिकवान, जिम्मेवार प्रतिस्पर्धी सक्षम, याेग्य विद्यार्थी उत्पादन गर्न र विद्यालयकाे भौतिक विकासमा यहाँहरूकाे भूमिका महत्त्वपूर्ण रहेने र त्यहीँ अनुसारको काम गर्न यहाँहरू लाग्नुहुनेछ भन्ने विश्वास गर्दै रिब्दिकाेट गाउँपालिका शिक्षक मैत्री गाउँपालिका रहेकोले केही समस्या भएमा पालिकाआएर जानकारी गराउँन सक्नुहुनेछ भन्दै शुभकामना दिनुभएको हाे।

त्यस्तै गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले कार्यक्रममा शुभकामना मन्तब्य दिनुहुदै विद्यालय ब्यवस्थापन र सुधार गर्न विद्यालय ब्यवस्थापन समितिकाे भूमिका महत्त्वपूर्ण रहेने बताउँनुहुदै उहाँले प्रभावकारीढङबाट विद्यालय सुधारका काम हुनुपर्ने बताउनुभयाे।

नियुक्ति-पत्र प्रदान कार्यक्रममा शिक्षक महासंघकाे तर्फबाट शुभकामना मन्तब्य राख्नुहुदै गाेपालजंग रायमाझीले शिक्षकको राेजाई अनुसारको नियुक्ति प्रदान गर्न कठिनाइ भएको बताउँदै क्रमश रिक्त रहेको स्थानमा सिफारिसका लागि पहल गर्न शिक्षक महासंघले विशेष भूमिका निर्वाह गर्ने बताउँदै  शुभकामना दिनुभएको थियोे भने देवराज धिमिरेकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *