शिक्षा, स्वास्थ्य, कृषि, भाैतिक, पूर्वाधार तथा खानेपानीमा मुख्य उपलब्धि “म बनाउँछु मेराे रिब्दिकाेट” स्वयंसेवी कार्यक्रम सहितरिब्दिकाेट गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ सम्पन्न

पाल्पा, रिब्दिकाेट गाउँपालिकाकाे आयोजना र कुटुम्भ मिडिया प्रालिको समन्वयमा रिब्दिकाेट गाउँपालिकाले वार्षिकरूपमा गरेको कामकाे कार्य प्रगति विवरणलाई सार्वजनिक गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको नीति कार्यक्रम अनुसार गाउँपालिकाकाे विकास निर्माणमा भएकाे काम र प्रगतिलाई सराेकारवाला जनतालाई जानकारी दिने उद्धेश्यले सार्वजनिक सुनुवाइको कार्यक्रम राखेको हाे ।

रिब्दिकाेट गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रम अनुसार विकास निर्माणकाे काम र वार्षिक कार्यप्रगति बारेमा जानकारी दिने उद्धेश्यले सार्वजनिक सुनुवाइ आयाेजना गर्दै गाउँपालिका अन्तर्गतका शाखाहरूबाट सम्पादन गरिएको वार्षिक कार्यकाे समीक्षा सहित कार्यप्रगतिलाई रिब्दिकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले प्रस्तुत गर्नुभएको थियोे । गाउँपालिकाबाट प्रस्तुत भएको वार्षिक कार्यप्रगति प्रतिवेदन माथिकाे सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी चन्दमणी पाेखरेल, गाेविन्दबहादुर पाेखरेल, निर्मल खनाल, हुमबहादुर खड्का, मदन नेपाल, ध्रुव नेपाल,सीता गाैतम,नवराज ज्ञवाली, भुवन रायमाझी, यादवसिंह कुँवर, पूर्णबहादुर परियार, जीवन प्रसाद श्रेष्ठ, लक्ष्मण ठडराई लगायतले सार्वजनिक सुनुवाइमा रिब्दिकाेट गाउँपालिकाले गरेको सेवाप्रवाहमा सेवाग्राहीहरूकाे पहुँच, नीतिगत सुशासन,विकास निर्माणका काममा हुने ढिला सुस्ती, भूक्तानीमा आर्थिक सुशासन विषयमा उठाउनु भएको प्रश्नहरूलाई गाउँपालिकाका विषयगत शाखा प्रमुख शिक्षा शाखा प्रमुख मणिप्रसाद खनाल, याेजना शाखा प्रमुख काशीनाथ आचार्य, प्रविधि शाखा प्रमुख इन्जिनियर पुरन कार्की, त्यस्तै अन्य विषयगत शाखाका प्रमुख सहित जनप्रतिनिधिहरूमा साेमबहादुर कार्की, दानबहादुर कुँवरले सहभागीहरूले सार्वजनिक सुनुवाइ कार्यक्रममा उठाउनु भएका जिज्ञासालाई सम्वाेधन गर्दै रिब्दिकाेट गाउँपालिकाबाट भएका काम कार्यसम्पादन बारेमा बताउनुभएको थियोे ।

रिब्दिकाेट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले गाउँपालिकाले स्थानीय सरकारकाे रूपमा प्रशासनिक कार्यसम्पादन गर्दा कार्यालयबाट दीर्घकालीन, आर्थिक, सामाजिक, भाैतिक विकासमा प्रतिबद्ध भई सेवाग्राहीलाई सेवा प्रवाह गरेको बताउँदै निरन्तर रूपमा क्रियाशील भएर कार्यप्रति जिम्मेवारी ढंगले अघि बढ्दै यस कार्यालय मातहतमा सञ्चालन सेवाप्रवाहलाई छिटोछरिताे, पारदर्शी र प्रभावकारीढंगले काम अघि बढाउन कर्मचारीहरूकाे कार्य क्षमतामा सुधार तथा सञ्चालन खर्चमा कटौती गर्दै सुशासनको प्रत्याभूति दिन लागि परेको प्रमुख प्रशासकीय अधिकृत अर्यालले बताउँनुभयाे ।

गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राहीले राख्नुभएको विभिन्न जिज्ञासा प्रश्नहरू गाउँपालिकाले महत्त्वपूर्ण सुझावकाे रूपमा ग्रहण गरेर आगामी वर्ष त्यसलाई सुधार गरेर जाने प्रतिबद्धता ब्यक्त गर्दै विषयगतमा उठेका प्रश्नहरूलाई सम्वन्धित शाखा प्रमुखबाट ती जिज्ञासालाई सम्वाेधन भएकोले गाउँपालिकाले गर्ने हरेक गतिविधिहरूलाई पारदर्शी साथ अघि बढाउने बताउँनुभयाे ।

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले गाउँपालिकाबाट हुने कार्यसम्पादन र विकास निर्माणका कामका विषयमा उठेका जिज्ञासामुलक प्रश्न अत्यन्तै गहन भएको र महत्त्वपूर्ण भएकाले त्यसलाई अनुसरण गर्दै सुधार गरेर अघि बढने बताउँदै उहाँले रिब्दिकाेट गाउँपालिकाकाे “म बनाउछु मेराे रिब्दिकाेट” स्वयंसेवी कार्यक्रम अभियानमा सुरु भएको कार्यक्रमले विकास निर्माणका लागि हुने राज्यको ठूलो धनराशि खर्चलाई समेत यस कार्यक्रमले बचत गरेको बताउँदै आगामी दिनमा यस अभियान लाई ब्यवस्थित रूपमा जनताको सहभागीतामा सञ्चालन गर्ने अध्यक्ष कार्कीले बताउँनुभयाे । सार्वजनिक सुनुवाइ कार्यक्रममा बाेल्दै उहाँले गाउँपालिकाबाट धेरै राम्रा कामहरू भएको प्रत्येक वडामा आ-आफ्नै पहिचान हुने कार्यक्रम सञ्चालन भएको बताउँदै उहाँले गाउँपालिकालाई सेवामैत्री बनाउन तातोचिसो शुद्ध पिउने पानीकाे ब्यवस्था, सेवाप्रवाहकाे जानकारीका लागि नागरिक वडापत्र, कृषि सूचनालाई प्रवाह गर्न ई-चाैतारीकाे सुरुवात वडा कार्यालयकाे ब्यवस्थापन, गाउँपालिकाभित्र रहेको प्राङ्गणमा भाैतिक सुधार जस्ता सेवामा सहज हुने कार्यहरू गरिएको बताउनुभएको छ । कृषकहरुले उत्पादन गरेको कृषि उपजको विक्रीका लागि थाेक कृषि उपज केन्द्र स्थापना गरि बजार ग्यारेण्टी गर्ने याेजनालाई अघि बढाउने गरि काम भइरहेको बताउँनुभयाे ।

रिब्दिकाेट गाउँपालिकाकाे आयाेजना र कुटुम्भ मिडिया प्रालिको समन्वयमा भएको कार्यक्रमकाे रिब्दिकाेट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीकाे अध्यक्षतामा भएको सार्वजनिक सुनुवाइ कार्यक्रम कुटुम्भ एफएमका सञ्चालक नारायण न्याैपानेकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *