श्रेणीविहीन सहयोगी कर्मचारीहरूकाे स्वास्थ्य परिक्षण सहित गर्‍याे तानसेन सरकारले सम्मान

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिकाद्वारा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सफाईकर्मी तथा कार्यालय सहयोगी कर्मचारीहरुलाई सम्मान गरेको छ ।

तानसेन नगरपालिकाले आफ्नाे कार्यालयमा कार्यरत रहेका श्रेणीविहीन कर्मचारीहरूलाई सम्मान स्वरूप एक कार्यक्रमकाे आयोजना गर्दै उहाँहरूलाई सम्मान गरिएको हाे ।कार्यक्रमकाे औचित्य प्रष्टाउँदै उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले लक्षित वर्गको कार्यक्रम अन्तर्गत विपन्न वर्गका सरसफाईकर्मी र कार्यालयमा कार्यरत सहयोगी कर्मचारीहरूको सम्मान स्थानीय सरकार पनि विपन्न वर्गका श्रमिकसंग संगै छ भन्ने उद्धेश्यले याे कार्यक्रम उहाँहरुको सम्मानमा आयाेजना गरिएको बताउँदै उप- प्रमुख सिंजालीले सम्मान संगै स्वास्थ्य परीक्षण र उहाँहरूलाई लागुऔषध तथा दुव्र्यसन सम्बन्धि प्रशिक्षण दिएको बताउँनुभयो । उहाँले कार्यक्रमकाे औचित्यलाई प्रष्टाउँदै भन्नुभयो विपन्नवर्ग समुदायका श्रमिकहरूकाे स्वास्थ्य सम्वन्धि सचेतना अभावले स्वास्थ्यमा जटिल समस्या हुने गरेकोले त्यसबाट उहाँहरूलाई कसरी बचाउन सकिन्छ भन्ने उद्धेश्यले याे कार्यक्रमलाई गरिएको बताउँनुभयाे । उहाँले सरसफाईकर्मीहरुलाई नै जटिल रोगकाे बढी जाेखिम हुने र राेगले आक्रमण गर्ने पनि उत्तिकै चुनाैती हुने र आफ्नो कार्यकालमै दुई जना कर्मचारीको जटिल रोग लागेकै कारणले निधन भएकाे स्मरण गर्दै उहाँले रोग लाग्नबाट बचाउन सचेतना कार्यक्रम सहित राेग लाग्न नदिन तथा जटिल राेगबाट सरसफाईकर्मी र श्रमिकहरूलाई बचाउन स्वास्थ्य सम्बन्धि चेतना सहित उहाँहरुको कामको सम्मानको लागि याे सम्मान एवं प्रशिक्षण कार्यक्रम गरिएको उहाँले बताउँनुभयो ।

कार्यक्रममा तानसेन नगरपालिकाका कार्यालय सहयोगी ३२ जना,सरसफाईकर्मी १९ गरी ५१जनालाई सम्मान गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले समुदायस्तरमा सरसफाईको काम गरेका र कार्यालयको व्यवस्थापनमा खट्ने श्रेणीविहीन कर्मचारीहरूको मनोवल वृद्धिका लागि याे कार्यक्रम गरिएको बताउँनुभयो । सम्मान कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख झविन्द्र बस्यालले स्वास्थ्य सम्बन्धि प्रशिक्षण दिनुभएकाे थियोे । कार्यक्रमकाे अवसरमा जिल्ला प्रहरी कार्यालय पाल्पाबाट ती श्रमिकहरूलाई लागु औषध दुव्र्यसनी सम्बन्धि प्रशिक्षण सहितको सचेतना दिदै प्रशिक्षण दिएको छ ।

यस्तै संविधान सभा सदस्य लिला सोमैले महिला अधिकार र कर्तव्य तथा कानूनी व्यवस्थाको विषयमा प्रशिक्षण गर्नुभयो । कार्यक्रममा जनप्रतिनिधि सहित कर्मचारी र सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको श्रमिक सम्मान एवं स्वास्थ्य परिक्षण कार्यक्रममा तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीको अध्यक्षतामा सहायक महिला विकास निरिक्षक चिनाकुमारी न्याैपानेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *