संस्थागत क्षमता स्व-मूल्याङ्कनमा बगनासकाली जिल्ला प्रथम

पाल्पा, बगनासकाली गाउँपालिका स्थानीयतहको संस्थागत क्षमता स्व-मूल्याङ्कनको नतिजामा बगनासकाली गाउँपालिका जिल्ला प्रथम भएको छ । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको अन्तिम क्षमता स्व-मुल्यांकनमा पाल्पा जिल्ला तर्फ बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८०मा ८८.५ प्रतिशत सहित जिल्ला प्रथम भएको छ । शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक वजेट तथा योजना,वित्तीय एवं आर्थिक, सेवाप्रवाह ,न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय गरि दशवटा मुख्य सूचकहरु र अन्य अतिरिक्त अन्य सय वटा सहायक सूचकहरुको आधारमा स्व-मुल्यांकनकाे आधारमा गरिएको स्व-मुल्यांकनमा बगनासकाली गाउँपालिकाले आर्थिक वर्ष २०७९।८० मा प्राप्त गरेको यी सूचकहरुमा प्राप्त अंक ८८.५प्रतिशत आधारमा प्राप्त अंककाे आधारमा जिल्ला प्रथम भएको हो ।त्यस्तै जिल्लाका दश स्थानीयतह मध्ये रम्भा गाउँपालिको ८६, तानसेन नगरपालिकाको ८३, रामपुर नगरपालिकाको ८०.२५, तिनाउ गाउँपालिकाको ७५, रैनादेवी छहरा गाउँपालिकाको ७४.५, निस्दी र रिब्दिकोट गाउँपालिकाको ७४.२५, पूर्वखोला गाउँपालिकाको ६०.७५ प्रतिशत अंक प्राप्त गरेको अन्तिम सुचनामा उल्लेख रहेको छ । माथागढी गाउँपालिकाको लिजामा अंक उल्लेख भएको छैन् यद्यपि ७५ दशमलव ५ प्रतिशत दावी गरिएको प्रमुख प्रशाशकीय अधिकृत रामप्रसाद घिमिरेले कुराकानीमा बताउनुभएको हाे । स्थानीयतह संस्थागत क्षमता स्व-मुल्यांकन कार्यविधि- २०७७ अनुसार प्रत्येक स्थानीयतह हरुले आर्थिक वर्षको पौष मसान्त भित्रमा लिजामा उल्लेख भएको सूचकहरुको आधारमा आवश्यक कागजातहरु सहित आ-आफ्नो स्व-मुल्यांकन पेश गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ ।

स्थानीयतहहरुले पठाएको कागजातको आधारमा मन्त्रालयले अन्तिम अंक प्राप्त गर्ने गर्दछ र साेही मुल्यांकनकाे आधारमा सुचना प्रकाशन गर्ने गरेको छ । स्थानीयतहको सवल एवं दुर्वल पक्ष पत्ता लगाई विकास र सुशासनमा कमीकमजोरीलाई सुधार एवं सच्याउन स्थानीयतह संस्थागत क्षमता स्व-मुल्यांकन(लिजा) लाई प्रयोग गर्ने गरिएको छ ।स्थानीयतह संस्थागत क्षमता स्व-मुल्यांकनमा स्थिती सुधार गर्दै बगनासकाली स्थानीयतह संस्थागत क्षमता स्व-मुल्यांकनमा सुधार गर्दै गाउँपालिकाले गत आर्थिकहरूमा वर्ष २०७७/०७८ मा ५४.११ प्रतिशत मात्र प्राप्त गरेको थियो त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा ६४.३६ मात्र अंक प्राप्त गरेको थियो भने यसआर्थिक वर्ष २०७९/०८० का सबै सूचकहरुमा अत्यधिक सुधार गरी ८८.५ अंक प्राप्त गर्दै प्रथम स्थान हासिल गर्न सफल भएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउँनुभयाे ।आउने वर्षमा पनि अघिल्लो आर्थिक वर्षमा जसरी नै काम गर्ने बताउदै उहाँले गाउँपालिकाले सबै सूचकहरुलाई ध्यान दिएर कार्यसम्पादन गर्ने गरेको कुरा उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *