सडक मर्मत तथा सुधार र सरसफाइका लागि बगनासकालीले गर्याे उपभोक्ता समितिकाे गठन

पाल्पा , बगनासकाली गाउँपालिकाले पालिकाभित्रका ग्रामीण सडक सुधार, मर्मत तथा सरसफाइका लागि गाउँपालिकास्तरीय सडक सरसफाई तथा मर्मत उपभोक्ता समिति गठन गरेको छ । गाउँपालिकाले डेन्जिग रायमाझीको नेतृत्वमा उपभोक्ता समिति गठन गरेको हो । जसको सचिवमा मिनबहादुर राना, कोषाध्क्षय सीता देवी बस्याल रहनुभएको छ । त्यस्तै गाउँपालिकाले इश्वरी बस्यालकाे संयोजकत्वमा अनुगमन समिति समेत गठन भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बद्रीनाथ लम्सालले जानकारी गराउनुभयाे ।


गाउँपालिकाले विगतका वर्षहरुमा जस्तै यस वर्षको चाडपर्वमा पनि नागरिकलाई आवतजावतमा सहज बनाउन र आवश्यक काम गर्नका लागि उपभोक्ता समिति गठन गरिएको जनाएको छ । उपभोक्ता समितिले वडास्तरमा सडक सरसफाई तथा मर्मत र सडककाे स्तरमा सुधार , सरसफाइ लगायतका काम गर्ने गरि गठन भएकोले विगतमा वडाले आफ्नो तरिकाले गर्दै आएको कामलाई गाउँपालिकाले यसपटक फरक तरिकाले काम गर्ने लक्ष्य उद्देश्य अनुसार गाउँपालिकाबाट योजना सञ्चालन गर्नेगरी समिति गठन गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो ।


गाउँपालिकाकाे ग्रामीण सडक मर्मत तथा सरसफाईका लागि आवश्यक भएको वडाका टोलटोलमा प्राविधिकहरू खटाएर कामको स्टीमेट तयार गरिएको हुँदा तत्काल वडाहरूका सडक सरसफाई गरी चाडपर्वमा यातायातका साधनहरूलाई पालिका भित्रका सबै टोलबस्तीहरूमा सहज रूपमा पुग्न सक्ने अवस्था तयार गर्न सम्बन्धित वडाका जनप्रतिनिधि,पालिका प्राविधिक , र उपभोक्ता समितिलाई सहजीकरण गर्नलाई अध्यक्ष चिदीले आग्रह गर्नुृभएको छ ।


गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले नजिकिँदै गरेका पर्व र विजया दशमीलाई मध्ये नजर गर्दै सडक सरसफाई तथा मर्मत गर्न थालिएकोले सम्वन्धित वडाका जनप्रतिनिधिले आवश्यकता अनुसारको समन्वयात्मक रुपमा खट्न समेत अनुरोध गर्नुभयो । उहाँले एक वडा एक डोजरको प्रयोग गरी काम छिटो छरितो र प्राविधिकले दिएको इष्टिमेण्ट अनुसार गर्न समेत आग्रह गर्नुभयो । गाउँपालिकाले यसवर्ष सडक मर्मत तथा सुधारका लागि प्रयोग गर्ने डोजरलाई घण्टाको आधार नभई घन मिटरको आधारमा कामकाे मुल्यांकन गरेर भूक्तानी दिने गरि याेजना अघि बढाएको गाउँपालिकाले जनाएको छ ।


बगनासकाली गाउँपालिकाका इन्जिनियर प्रमोद कुंवरले वडामा गर्नुपर्ने कामको प्राविधिक इष्टिमेट भैसकेको जानकारी दिनुभयो । उहाँले सोही अनुसारकाे उपभोक्ता समितिले काम गर्नुपर्ने र जनप्रतिनिधिहरूले काम भए नभएको विषयमा अनुगमन समेत गर्नुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *