“समयमै भर्ना, समयमै ज्ञान:, गुणस्तरीय शिक्षा सबैको अभियान” सहित देववाणी संस्कृत तथा साधारण माध्यमिक विद्यालयकाे विद्यार्थी भर्ना अभियान सुरु

नवराज ज्ञवाली,

पाल्पाकाे तानसेन नगरपालिका नारायणस्थानमा रहेको देववाणी संस्कृत तथा साधारण माध्यमिक बिद्यालयले “समयमै भर्ना, समयमै ज्ञान:, गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने आदर्श वाक्यका साथ शैक्षिक शत्र २०८०का लागि विद्यार्थी भर्ना कार्यक्रमलाई अभियानकाे रूपमा संचालन गरेको छ। देववाणी संस्कृत तथा साधारण माध्यमिक बिद्यालयले तानसेनकाे नारायणस्थान, सितलपाटी, बिशालबजार, हुलाकचाेक लगायत नगरपालिकाभित्र मुख्य चाेकहरूमा झाँकीर्‍याली, साँस्कृतिक  कार्यक्रमका साथ नगर परिक्रमा गर्दै विद्यालयका सबै उमेर समुह पुगेका बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्वन्धि माैलिक अधिकारलाई सारभूत रूपमा कार्यान्वयन गर्नलाई विद्यार्थी भर्ना अभियान कार्यक्रमलाई तानसेनकाे मुख्य चाेकहरूमा साँस्कृतिक कार्यक्रम सहित बिद्यालयकाे ऐतिहासिक पृष्ठभूमि र प्राप्त सुविधा विद्यालयका गतिविधिलाई जानकारी गराउँदै भर्ना अभियान सुरु गरेको हाे । बाहिर रहेका भर्ना अभियान कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक कृष्ण बहादुर थापाले बिद्यालय उमेर पुगेका सबै समुहका बालबालिकाकाे पहिचान गर्दै भर्ना प्राेत्साहनका  लागि अभियान संचालन गरिएको जानकारी दिनु भयाे।तानसेन नगरपालिकाका मुख्य टाेलहरूमा पुगेर साँस्कृतिक कार्यक्रम सहित भर्ना अभियानलाई अघि बढाउने र बिद्यालयकाे बारेमा अभिभावक लाई जानकारी दिने उद्धेश्य अनुसार कार्यक्रमकाेगरिएको विद्यालयका प्रधानाध्यापक थापाले भन्नूभयाे।देववाणी संस्कृत तथा साधारण माध्यमिक बिद्यालय विद्यार्थी भर्ना अभियान कार्यक्रमकाे बिद्यार्थी अभिभावक संघका अध्यक्ष कमल पाेखरेलकाे अध्यक्षता र शिक्षक शेषनारायण चालिसेकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *