“समयमै भर्ना, समयमै ज्ञान; गुणस्तरीय शिक्षा सबैको अभियान” सहित रिब्दिकाेटकाे विद्यार्थी भर्ना अभियान सुरु

नवराज ज्ञवाली पाल्पा , रिब्दिकाेट गाउँपालिकाले   “समयमै भर्ना, समयमै ज्ञान:, गुणस्तरीय शिक्षा सबैको अभियान” भन्ने आदर्श वाक्यका साथ   शैक्षिक शत्र २०८०का लागि विद्यार्थी भर्ना  कार्यक्रमलाई अभियानकाे रूपमा  संचालन गरेको छ। रिब्दिकाेट गाउँपालिकाले पालिकाभित्रका सबै विद्यालयहरूलाई विद्यालय उमेर समुहका बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्वन्धि माैलिक अधिकारलाई सारभूत रूपमा कार्यान्वयन गर्नलाई निर्देशन गर्दै विद्यार्थी भर्ना तथा स्वागत कार्यक्रम गरि विद्यालय बाहिर रहेका उमेर समुहका बालबालिकाकाे पहिचान तथा भर्ना प्राेत्साहन कार्यका लागि विद्यार्थीभर्ना अभियानकाे संचालन गरिएको हाे ।रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायण बहादुर कार्कीले पालिकाभित्र अभिभावक विहिन बालबालिका भएको भए ती बालबालिकाकाे अभिभावकत्व ग्रहण गरि विद्यालय भर्ना गराउँने र पठनपाठनमा समेत निरन्तरताका लागि सहयोग गर्ने बताउनुभयाे ।

रिब्दिकाेट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले संघीय शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको परिपत्र अनुसारकाे निर्देशनलाई पालना गर्दै आफ्नो पालिकाभित्र संचालनमा रहेका विद्यालयहरूलाई विद्यालय उमेर समुहका विद्यार्थी भर्ना प्राेत्सहानका लागि सचेतना सहितको भर्ना अभियान संचालन गर्न र सम्वन्धित विद्यालयबाट एकजना शिक्षकलाई विद्यार्थी भर्ना कार्यक्रमकाे सम्पर्क ब्यक्ति ताेकी समन्वय सम्पर्क र सूचनाकाे जिम्मेवारी दिनका लागि सम्वन्धित विद्यालयलाई निर्देशन गरिएको बताउनुभयाे।

रिब्दिकाेट गाउँपालिका शिक्षा शाखा प्रमुख मणिप्रसाद खनालले संघीय शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रालयकाे परिपत्र अनुसारकाे भर्ना कार्यक्रमलाई   कार्यतालिका बनाएर बैशाख महिना भरनै भर्नाकाे कार्यक्रम अघि सार्दै विद्यालयकाे सेवाक्षेत्रभित्र व्यापक रूपमा प्रचारप्रसार सूचना संम्प्रेषण गरि सबै बालबालिकालाई विद्यालयकाे पहुँचमा ल्याउन र गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि पालिकाले उचित ब्यवस्थापन गरिएको बताउँदै शिक्षा शाखा प्रमुख खनालले इ उत्तरदायित्व डटकम इ -पेपर संग कुराकानी गर्दै उहाँले विद्यार्थी भर्नासंगै गाउँपालिकाले अघि सारेको बिग स्कुलकाे अवधारणालाई विद्यालयकाे अनुगमन गरि पहिलो चरणमा वडा नं.-५, कुसुमखाेलामा रहेको भवानी माध्यमिक विद्यालयलाई छनाैट गरि बीस लाख रूपैयाँ अनुदान सहयोग उपलब्ध गराएको र उक्त रकम भाैतिक पूर्वाधार निर्माणमा खर्च गर्न नपाउँने गरि गुणस्तरीय आवासका लागि खर्च गर्न सकिने बताउँदै पहिलो चरणमा छनाैट भएको विद्यालयकाे नतिजा हेरेर मात्र अन्य विद्यालयमा बिग स्कुलकाे कार्यक्रमलाई अगाडि बढाउने शिक्षा शाखा प्रमुख खनालले बताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *