समाचारघर साप्ताहिकको पहिलो अंक सार्वजनिक

पाल्पा, तानसेन वि.सं.२०६७ सालदेखि “आवाज विहिनकाे आवाज” भन्ने उद्धेश्य लिएर भित्तेपत्रिकाकाे रूपमा प्रकाशन सुरु गरेको पाल्पाआवाज मासिक पत्रिकाले १३ वर्ष पहिले दर्ता भई पत्रिका प्रकाशनकाे यात्रा तय गरेको पत्रिकाले विभिन्न दुख कष्ट सहित आफ्नो निरन्तरता दिदै आएकोमा अब पत्रिकाकाे नाम परिवर्तन गरि पुनः समाचारघर साप्ताहिककाे नामबाट फेरि पत्रिका प्रकाशनकाे यात्रालाई सुरु गरेको छ ।

समाचारघर साप्ताहिकको पहिलो अंक मंगलबार एक कार्यक्रम बीच जिल्ला समन्वय समिति पाल्पा उपप्रमुख काशिका गैरेले सार्वजनिक गर्नुभएकाे छ ।सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा अध्यक्ष रेखीराम राना, पूर्वअध्यक्ष राजेशकुमार अर्याल, समाचारघर साप्ताहिकका प्रकाशक दयाराज न्यौपाने, प्रधान सम्पादक कमलराज तिमिल्सिना, सम्पादक सुर्दशन पाण्डे, लेखक तथा समीक्षक गोपाल बस्याल लगायतले कार्यक्रममा महत्त्वपूर्ण भनाइ राख्दै समाचारघर साप्ताहिकको निरन्तरताकाे लागि शुभकामना व्यक्त गर्नुभएको थियाे ।

सार्वजनिक कार्यक्रमकाे पत्रिकाका प्रधान सम्पादक कमलराज तिमिल्सिनाकाे अध्यक्षताका सम्पादक सुदर्शन पाण्डेकाे स्वागत र पत्रिका प्रकाशक दयाराज न्याैपानेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *