समाजवादी प्रेस संगठनकाे अध्यक्षमा गैरै 

पाल्पा, नेकपा एस निकट रहेको पत्रकारहरूकाे संगठन समाजवादी प्रेस संगठन नेपाल पाल्पाकाे  अध्यक्षमा पदम गैरै सर्वसम्मत चयन हुनुभएको छ ।  तानसेनमा सम्पन्न भएको प्रथम अधिवेशनबाट  गैरेको नेतृत्वमा नयाँ नेतृत्व सहित समिति चयन भएको हो । संगठनकाे उपाध्यक्ष रमा भण्डारी, विकास नापित, सचिव किरण रसाईली, कोषाध्यक्ष सुजाता थापा र सह-सचिवमा रिमा सुन्धौली चयन हुनुभएको छ। त्यस्तै उञ्जवल भट्टराई, यू.वि.भण्डारी, टार्जन भण्डारी, सदस्यमा चयन  छ । समाजवादी प्रेस संगठनकाे सल्लाहकारमा अशोककुमार शाही, प्रेमसागर शाही र करुणा काफ्लेलाई चयन गरिएको छ ।

यसअघि आयोजित अधिवेशनको उद्घाटनसत्रमा प्रमुख अतिथि नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य, पूर्व सांसद एंव पाल्पा जिल्ला  इन्चार्ज यादवबहादुर रायमाझीले पत्रकारिताले आम नागरिकको जीवनका मुद्धाहरु उठाउनुपर्नेमा जोड दिनुभएको थियोे । उहाँले आफुहरु विद्रोहबाट जन्मिएको बताउँदै समाजवादी प्रेस संगठनमा आबद्ध पत्रकारहरुले गलत काम गर्नेका विरुद्ध निर्मम रुपमा कलम चलाउन आग्रह गर्नुभयो । कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य एंव लुम्बिनी प्रदेश सांसद भगवती घिमिरे, पूर्वमन्त्री रमा घर्ती, केन्द्रीय सदस्य एंव तानसेन नगरपालिका पूर्व नगरप्रमुख अशोक कुमार शाहीले पत्रकारिता समाजका लागि हुनुपर्ने बताउँदै उहाँहरूले नागरिकको सूचना पाउने हक र समाजका लागि पत्रकारहरूले लेख्न सक्नुपर्नेमा  जोड दिदै  शुभकामना दिनुभएको थियोे ।

कार्यक्रममा समाजवादी प्रेस संगठन लुम्बिनीका हृदय भुसालले पत्रकारिता क्षेत्र आफैमा चुनौतीपूर्ण पेशा भएको बताउँदै आफुहरु संगठन निर्माणको महाअभियानमा जुटेको बताउँनुभयाे । उहाँले आफुहरु विद्रोहबाट जन्मिएकाले यात्रा पनि  कठिन पूर्ण भएकाे बताउँदै हामी विचार दृष्टिकोण  र दिशानिर्देशका हिसाबले सहि बाटोमा रहेको तर्क अघि सार्दै उहाँले उक्त कुरा बताउँनुभयाे ।

समाजवादी प्रेस संगठनअधिवेशन उद्घाटन सत्रमा   आतिथ्यता गर्नुहुदै नेपाल पत्रकार महासंघ पाल्पा पूर्व अध्यक्ष गोविन्द्र भट्टराई , नेकपा माओवादी केन्द्र पाल्पा सचिव मथुरा ढकाल, राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पा अध्यक्ष डुलबहादुर कुँवर , समाजवादी प्रेस संगठन केन्द्रीय सदस्य एंव रुपन्देही अध्यक्ष विनोद परियार, नेपाल पत्रकार महासंघ पाल्पा सचिव यज्ञमूर्ति तिमिल्सेना , प्रेस चौतारी पाल्पा सचिव नारायण न्यौपाने, राष्ट्रिय जनमोर्चा पाल्पा अध्यक्ष विशाल दर्लामी, राष्ट्रिय स्वतन्त्र पार्टी सुमन गैरे लगायतले कार्यक्रममा आ-आफ्नो धारणा सहितकाे शुभकामना मन्तब्य दिदै समाजवादी प्रेस संगठनलाई व्यवसायिक पत्रकारहरुको संगठनमा उभ्याउन सुझाव दिनुभएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *