समाज रूपान्तरणका लागि पत्रकारकाे भूमिका महत्त्वपूर्ण :पूर्व उद्योग मन्त्री पाण्डे

पाल्पा, समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रको भुमिका पनि अत्यन्तै महत्त्वपूर्ण रहेको नेकपा एकीकृत समाजवादी लुम्बिनी प्रदेश अध्यक्ष एवं पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले बताउनुभयाे । उहाँले पत्रकार जिम्मेवार नभए समाजवादको आधार नारा मै सिमित हुने भन्दै जिम्मेवार भएर पत्रकारले कर्म गर्नुपर्ने उहाँले बताउनुभयो ।समाज रुपान्तरणमा पत्रकारिता क्षेत्रको भुमिका पनि अत्यन्तै महत्त्वपूर्ण रहने भन्दै नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष एवं पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले मन्तब्यमा बताउनुभयाे। समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेशकाे आयोजनामा बाँकेको कोहलपुरमा बृहत रक्तदान कार्यक्रममा बोल्नुहुदै उहाँले नेपाली जनताको ठूलो बलिदानबाट नेपालको संविधान-२०७२ प्राप्त भएको जनाउँदै उहाँले अब संविधानको रक्षा र अक्षरस पालना गर्दै मुलुकलाई समृद्ध बनाउन आवश्यक रहेको बताउनुभयाे । बृहत रक्तदान कार्यक्रममा बाेल्दै पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष पाण्डेले ‘मुलकले जुन परिवर्तन हासिल गर्नुपर्ने थियो त्यो अझै गर्न सकेन, नेपाली जनताले नेपालको पवित्र संविधान हासिल गरे , त्यसलाई कार्यनयन गर्ने अबको बाटो हो ।’ भन्नुभयो ।

कार्यक्रममा अध्यक्ष पाण्डेयले भन्नुभयो , ‘अब देशमा कुनै पनि क्रान्तिको आवश्यक छैन, अब देशमा मात्र आर्थिक क्रान्तिको धेरै आवश्यक छ ।’बृहत रक्तदान कार्यक्रममा समाजवादी प्रेस संगठन नेपालका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले पत्रकार पेशामा अब्बल, दक्ष र विचारमा प्रतिबद्ध रहेर हुनुपर्ने उहाँले बताउनुभयाे ।समाजवादी प्रेस संगठन नेपाल विद्रोहबाट अघि बढेको संगठन भएको बताउँदै संगठनको उद्धेश्य भनेको बाम प्रगतिशील पत्रकारलाई एक्यवद्धता गराउने रहेको बताउनुभएकाे थियाे ।समाजवादी प्रेस संगठन नेपालले मानवीय सेवामा हातेमालो गरेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाईंले बताउनुभयाे । उहाँले रक्तदान मानवीय सेवा भएको बताउँदै पत्रकारले मानवीय सेवा गर्न समेत जरुरी रहेको जिकिर उहाँले गर्नुभयाे ।कार्यक्रममा समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष हृदयकुमार भुसालले समाजवादी प्रेस संगठन नेपाल पत्रकारहरुकोक्रियाशील संगठन भएको बताउनुहुदै उहाँलेपत्रकारिता अब सुशासनको लागि आवश्यक रहेको जिकिर गर्दै भ्रष्टाचारी विरोधी आन्दोलनमा समेत पत्रकारिता क्षेत्र लागि परेको बताउनुभयाे । उहाँले रक्तदान जीवनदान भएको बताउँदै रक्तदान गर्दा दिने व्यक्तिलाई पनि फाइदा हुने र आफुले गरेको रक्तदानले कसैको जीवन बच्ने उहाँको भनाइ रहेको छ ।कार्यक्रममा समाजवादी प्रेस संगठन लुम्बिनी प्रदेश इन्चार्ज अब्दुल हुसेन लगायतले पत्रकार आफैमा जिम्मेवार पेशा भएको बताउनुभएकाे थियाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका विभिन्न स्थानमा निर्वाचित जनप्रतिनिधि, कार्यक्रमलाई विभिन्न स्थानबाट सहयोग गर्ने सहयोगी संघ संस्था लगायतलाई सम्मान गरिएको थियो ।कार्यक्रम समाजवादी प्रेस संगठन नेपाल लुम्बिनी प्रदेश अध्यक्ष हृदयकुमार भुसालको अध्यक्षतामा बाँके जिल्ला कमिटी अध्यक्ष लोकनाथ शर्माको स्वागत र बर्दिया जिल्ला अध्यक्ष प्रताप गौतमको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *