सरंक्षणमा सहजता देखिएपछि तानसेन टुँडिखेल प्रवेशमा राेक

पाल्पा, तानसेन नगरपालिकाले संरक्षणका लागि भन्दै टुँडिखेल प्रवेशमा रोक लगाए पछि दुवो सरंक्षणमा सहजता हुन थालेको छ ।तानसेन नगरपालिकाले केहि समय अघि लगाएको दुवाे भर्खर भर्खर जाग्नै लागेको बेला टुँडिखेल मैदानमा पाल्पा गाेल्ड कप खेल सञ्चालन गर्न अनुमति दिएसंगै टुँडिखेलमा पाल्पा गाेल्ड कप प्रतियोगिता खेल गर्दा लगाएको दुवोको अवस्था नाजुक भएपछि तानसेन नगरपालिकाले बाध्य भएर संरक्षणका लागि टुँडिखेल प्रवेशमा रोक लगाएको तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभएकाे हाे ।

जिल्ला तथा नगरकाे गहनाको रुपमा रहेको टुँडिखेलमा तानसेन नगरपालिकाले ठुलो धनराशी खर्चिएर गतवर्ष बर्मुडा प्रजातीको दुबो लगाएकोमा टुँडिखेलमा दैनिक जसाे बर्मुडादुबो लगाएको स्थानमा मानिसको चहलपहल बढी भइ दुबो मासिन थालेपछि नगर प्रहरी परिचालन गरेर दुवाे संरक्षण गर्नका लागि तानसेन नगरपालिकाले टुँडिखेलमा सर्वसाधारण नागरिक हरूलाई प्रवेशमा रोक लगाएको नगरपालिकाले जनाएको छ ।

टुँडिखेललाई स्टेडियम बनाउने योजना रहेको बताउँदै त्यसका लागि ब्यवस्थापन र संरक्षण दुवै आवश्यक रहेको भन्दै तानसेन नगरपालिकाले टुँडिखेलमा सर्वसाधारणहरूलाई प्रवेशमा राेक लगाउँदै नगरपालिकाकाे याेजनाअनुसारको काम गर्दै जाने र तानसेनकाे टुँडिखेललाई जिल्ला तथा राष्ट्रियस्तरका खेलहरू सञ्चालनका लागि आवश्यक पूर्वाधार सहितकाे खेल सञ्चालन गर्ने लक्ष्य सहित संरक्षण गरिरहेको नगरपालिकाले जनाएको छ । टुडिखेल संरक्षणमा मात्रै अहिले सम्म तानसेन नगरपालिकाले करिब नब्बे लाख रुपैयाँ खर्च गरिसकेको जानकारी तानसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीकाे भनाइ छ ।

तानसेन टुँडिखेलमा “पाल्पा गोल्ड कप” खेल सञ्चालन भएपछि पुनःप्रवेशमा रोक लगाउने निर्णय लिन नगरपालिकालाई अतिनै कठिनाइ भएको बताउँदै दुवाे संरक्षणमा समस्या परेको थियो । अहिले पनि टुँडिखेल मैदानमा खेलाडीहरू खेलकाे पूर्वअभ्यास गर्न पाउनुपर्ने बताउँदै आएका छन् ।यता नगरपालिकाले भने टुँडिखेल खेलमैदान पूर्ण रुपमा तयार नभएको भन्दै टुँडिखेलमा प्रवेशमा राेक लगाउँदै पूर्ण तयार भई सकेपछि खुल्ला गरिने तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले कुराकानीमा बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *