सरस्वती माविको एसइइ परीक्षामा सहभागी बिद्यार्थीका लागि शुभकामना तथा फेरि भेटाैला कार्यक्रम

पाल्पा, तानसेन नगरपालिका-७ प्रभास, सुन्दरगाउँमा अवस्थित सरस्वती माध्यमिक बिद्यालयमा अध्ययनरत १०का बिद्यार्थीलाई कक्षा ९मा अध्ययनरत बिद्यार्थीले एसइइ परीक्षामा सहभागी हुनलागेका अग्रज बिद्यार्थी दाइ तथा दिदीहरूलाई शुभकामना एवं फेरि भेटाैँला कार्यक्रम आयोजना गर्दै एसइइ परीक्षा सफलताकाे शुभकामना दिएका छन् ।कक्षा ९ का बिद्यार्थीद्वारा आयोजना गरिएको शुभकामना एवं फेरि भेटाैँला कार्यक्रममा प्रधानाध्यापक शंकरप्रसाद पाैडेलले बिद्यालयबाट शैक्षिकसत्र २०८०/०८१ का लागि एसइइ बाेर्ड परीक्षामा सहभागी बिद्यार्थीहरूलाई परीक्षा केन्द्र रहने स्थानकाे जानकारी गराउँदै एसइइ परीक्षामा सहभागी हुँदा बिद्यार्थीहरूलेपरीक्षा बाेर्डकाे नीतिनियम भन्दा बाहिर गएर कुनैपनि अमर्यादित गतिविधिमा संग्लन नहुन र कसैकाे उक्साहटमा त्यस्ता कामहरू नगर्न भन्दै एउटा असल बिद्यार्थीकाे परिचयमा मर्यादित भएरपरीक्षामा सहभागी भई उच्च नतिजा ल्याउन सफल हुनलाई अनुरोध गर्दै फेरि कक्षा ११ मा स्वागत गर्ने विश्वास सहित उच्च सफलताको शुभकामना दिनुभयो ।

कार्यक्रममा बिद्यालय व्यवस्थापन समिति अध्यक्ष एवं प्रमुख अतिथि रामप्रसाद पाेखरेलले परिवार, समाज र बिद्यालयकाे गरिमा कायम राख्दै अनुशासित ढंगले परीक्षामा सहभागी भएरकुनै पनि किसिमको गलत र आँच आउने गरि त्यस्ता गतिविधि नगर्न लाई निर्देशन मुलुक भनाइ राख्दै शुभकामना दिनुभयो । कार्यक्रमका विशिष्ट अतिथि एवं तानसेन नगरपालिका -७ का वडा अध्यक्ष प्रदिप खनालले एसइइ परीक्षामा सहभागी हुने बिद्यार्थीहरूले आफ्ना अभिभावककाे सपना र बिद्यालयकाे अपेक्षालाई ध्यानमा राखेर एउटा असल बिद्यार्थीकाे परिचय सहित मर्यादित भएर परीक्षामा सहभागी हुन अनुरोध गर्दै उच्च नतिजा ल्याउन सफल भए आफ्नो तर्फबाट जनही पाँच हजारकादरले प्रति बिद्यार्थी प्राेत्साहन स्वरूप नगद पुरस्कार दिने घाेषणा गर्नुहुँदै परीक्षामा सहभागी बिद्यार्थी हरूलाई उच्च नतिजा सहित सफल हुनलाई प्रेरणा मिलाेस् भन्दै शुभकामना दिनुभयो ।

त्यस्तै कार्यक्रमका अतिथि विव्यस सदस्य अम्विका पाैडेलले एउटा अभिभावककाे सपना , बिद्यालयकाे लगावमा शिक्षकले राखेको अपेक्षालाई सम्मान ढंगबाट असल बिद्यार्थीकाे परिचय र एसइइ परीक्षाकाे मर्यादा ख्याल सहभागी हुन आग्रह गर्दै पूर्ण सफलताको शुभकामना दिनुभयो ।कार्यक्रममा कक्षा शिक्षकको तर्फबाट कमल पाैडेलले एसइइमा सहभागी बिद्यार्थीले बिद्यालयकाे गरिमा विश्वासलाई आत्मसात गर्दै असल बिद्यार्थीकाे चरित्र कायम गरि परीक्षामा संग्लन भएर उदाहरणीय बन्नुपर्ने बताउँदै शुभकामना दिनुभयो । कार्यक्रममा एसइइ परीक्षामा सहभागी बिद्यार्थीका तर्फबाट आफ्नो भनाइ सहितको मनिष छहरीले याे कार्यक्रम आयोजना गरि हामीलाई परीक्षामा सफलताको सद्भाव राख्दै फेरि भेटाैँला कार्यक्रम गर्ने कक्षा नाै का बिद्यार्थी भाइबहिनीहरू प्रति हार्दिक आभार व्यक्त गर्दै याे सम्मान र सद्भाव प्रति सधैँ ऋणी रहने भन्दै याे भाइबहिनीहरूले बाेकाएकाे ऋण कहिले पनि तिरेर नसकिने बताउँदै आभार व्यक्त गर्नुभयो ।

शैक्षिकसत्र २०८०/०८१ का लागि एसइइ परीक्षामा सहभागी हुने दाइ दिदिहरूलाई शुभकामना तथा फेरि भेटाैँला कार्यक्रममा सुविच्छा भुषाल,निरूता नेपाली ,इच्छा राना,ज्याेती बाह्रघरे र आशा कुँवरले स्वागत गीत सहित नृत्य प्रस्तुत गर्नुभएको थियो । विपिन विककाे अध्यक्षतामा भएको कार्यक्रममा कुन्जना न्याैपानेकाे स्वागत र सम्झना न्याैपानेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *