साउन ३१ गते निस्दीले सार्वजनिक सुनुवाइ गर्ने

हाेम राई मगर पाल्पा , जिल्लाकाे निस्दी गाउँपालिका आगामी साउन ३१ गते बुधबार वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रम गर्ने भएको छ ।निस्दी गाउँपालिकाको आयोजनामा सञ्चालन हुने वार्षिक समीक्षा तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा उपस्थितिका लागि गाउँपालिकाले सम्बन्धित सबैलाई अनुरोध गरेको हाे।आर्थिक वर्ष २०७९/८० मा गाउँपालिकाले सम्पन्न गरेका र आगामी वर्षका लागि स्वीकृत गरिएका योजना तथा कार्यक्रम बारे जानकारी दिने उद्देश्यले सार्वजनिक सुनुवाइ कार्यक्रम गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । विगत केही वर्षदेखि सार्वजनिक सुनुवाइलाई निरन्तरता दिएको निस्दी गाउँपालिकाले यस पटक गाउँपालिकाको बहुउद्देश्यीय हल बसेनीमा सन्चालन गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *