सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखराको ९ औँ साधारण सभा सम्पन्न

पाल्पा, सामुदायिक बहुसंचार केन्द्र मदनपोखरा पाल्पाको ९ औँ साधारण सभा सम्पन्न भएको छ ।सामुदायिक रेडियो मदनपोखराको मातृ संस्था सामुदायिक बहुसञ्चार केन्द्रको साधारणसभा गरिएको हो ।

साधारणसभाकाे उद्घाटन गर्दै तानसेन नगरपालिका – ८ का वडाअध्यक्ष सोमनाथ अर्यालले गर्नुहुदै सामाजिक रुपान्तरणका लागि सामुदायिक रेडियो मदनपोखराको महत्वपुर्ण भुमिका रहेको बताउनुभयो । उहाँले कार्यक्रममा बाेल्दै नेपालका सञ्चार माध्यमहरूको इतिहासमा सामुदायिक रेडियो मदनपोखराको छुट्टै पहिचान रहेको बताउनुभयो । वडाअध्यक्ष अर्यालले युवाहरुको साथ लिएर सुशासनको बाटोमा अघि बढेको रेडियोलाई आफ्नो तर्फबाट सदैब सहयोग रहने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो ।

साधारणसभाको अवसरमा सामुदायिक रेडियो मदनपोखराका कार्यकारी निर्देशक तथा संचालक समितिका उपाध्यक्ष गुणाकर अर्यालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिबेदन र आन्तरिक लेखा प्रशिक्षक छबिलाल भट्टराईले प्रस्तुत गर्नुभएको ४१ लाख रुपैया बराबरको आयव्यय बिवरण सर्वसम्मत रुपमा पारित भएको छ । साधारणसभाले आर्थिक बर्ष २०८०।८१को बजेट तथा नीति कार्यक्रमलाई स्वीकृत गर्दै लेखा परिक्षक नियुक्ति , संस्था दर्ता नबिकरण , बिधान संसोधन लगायतका बिषयमा पनि निर्णय गरेको हाे ।

सभाका अवसरमा जिल्ला प्रशासन कार्यालय पाल्पाका मनोज आर्चाय , नागरिक समाज पाल्पाका अध्यक्ष बासुदेब अर्याल , कुलबहादुर नगरकोटी , जागृति आमा समुहकी अध्यक्ष उमा खनाल लगायतले संस्थाको दिगोपनाका लागि शुभकामना दिनुभएको थियो ।सभा सामुदायिक बहुसंचार केन्द्र मदनपोखराका अध्यक्ष झपेन्द्र जिसिकाे अध्यक्षतामा सहसचिब घनश्याम घिमिरेको स्वागत र सचिब राजेशकुमार अर्यालको संचालन कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *