सामुदायिक विद्यालय महासंघकाे उपाध्यक्षमा राना

पाल्पा ,  सामुदायिक विद्यालय ब्यवस्थापन समिति छाता संगठन सामुदायिक विद्यालय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिबेशनमा पाल्पाको   रैनादेवी छहरामा अवस्थित भैरव नवदीप नमुना माध्यमिक विद्यालयका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष नल बहादुर राना महासंघकाे केन्द्रीय उपाध्यक्षमा निर्वाचित हुनुभएकोछ ।

महासंघमा निर्वाचित भएसंगै उपाध्यक्ष रानाले  संघीयताको मर्म स्थानीयतहमा सामुदायिक विद्यालय सञ्चालन र व्यवस्थापन सम्वन्धि नीति   अनुसार विद्यालयकाे शैक्षिक गुणस्तर सुधार गर्दै  संचालनमा आफुले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने तर्फआफु लागि पर्ने बताउँनुहुदै उहाँले सामुदायिक विद्यालयकाे सुधारबाट सामुदायिक विद्यालयकाे शिक्षा बलियो हुने भन्दै उहाँले त्यसतर्फ आफ्नो मुख्य भूमिका हुनेछ बताउँदै उपाध्यक्ष रानाले उक्त  धारणा राख्दै उहाँले विद्यालय व्यवस्थापन समिति हरू बीचमा नीतिगत छलफल हुन जरुरी रहेको उहाँले बताउनुभयाे।   

काठमाडौंमा चैत्र २१ र २२ गते  सम्पन्न भएको सामुदायिक विद्यालय ब्यवस्थापन समिति महासंघ  तेस्रो राष्ट्रिय महाधिवेशनमा देशभरका ७५३ स्थानीयतहका विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहभागी रहेको कार्यक्रममा पाल्पाका रानालाई सर्वसहमतीमा उपाध्यक्ष निर्वाचित गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *