सिद्धार्थ माध्यमिक विद्यालयकाे ७२ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

पाल्पा, माथागढी गाउँपालिका रहवास चिर्तुङस्थित रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्थापनाकाे ७२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयकाे वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदीकाे प्रमुख आतिथ्यता रहेको थियो ।

त्यस्तै अन्य अतिथिहरुमा वडाअध्यक्ष जंगबहादुर दर्लामी, माथागढी गाउँकार्यपालिका सदस्य भिम कुमारी परियार, निर्वाचित जनप्रतिनिधिहरू, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि एवं छिमेकी विद्यालयका शिक्षक प्रतिनिधिहरु गाउँपालिकाभित्र क्रियाशील संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूकाे आतिथ्यता रहेको थियोे ।
विद्यालयका प्रधानाध्यापक दिल बहादुर थापाले विद्यालयको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुहुदै उहाँले विद्यालयको समग्र विकासमा शिक्षक, अभिभावक र विव्यसको त्रिकोणात्मक सम्बन्ध हुनुपर्ने बताउँनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि एवं माथागढी गाउँपालिका अध्यक्ष यमबहादुर चिदिले विद्यालयले संस्कार सहित व्यववासियक र सीपमुलक शिक्षातर्फ उन्मूख हुने गरी बालबालिकालाई सीप सिकाउनुपर्ने बताउँदै उहाँले विद्यालय तहमै कम उमेरमा विवाह गर्ने प्रचलन रहेकोले त्यस्ता गतिविधि रोक्न विद्यालय प्रशासन, विद्यालय ब्यवस्थापन समिति र अभिभावकहरुको भूमिकानै महत्वपूर्ण रहने भएकोले त्यसतर्फ ध्यान दिन जरुरी रहेको भन्दै प्रमुख अतिथि चिदीले विद्यालयको शैक्षिक एवं भौतिक विकास गर्न पालिकाले सहयोग गर्ने बताउँनुभयाे । उहाँले विद्यालयकाे आवश्यकता अनुसार आगामी दिनहरूमा समेत सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रमका अतिथि एवं वडा अध्यक्ष जंगबहादुर दर्लामीले विद्यालयको चाहिने हरेक पक्षमा वडा र पालिकाबाट सहयोग गर्दै आएको बताउँनुभयो । उहाँले गुणस्तरीय शिक्षाको लागि कुनै एक पक्ष मात्र सबल भएर नहुने भन्दै उहाँले सबै पक्षको सन्तुलन कायम हुनुपर्ने समेत कार्यक्रममा बाेल्दै बताउँनुभयो । उहाँले विद्यालयले ११/१२ कक्षा संचालन गरेर बाहिर पढन जाने विद्यार्थीहरुलाई गृह क्षेत्रमा नै पढ्न सक्ने वातावरण बनाएको भन्दै खुशी व्यक्त गर्नुभयो । कार्यक्रमका अन्य अतिथिहरूले विद्यालयकने वार्षिकोत्सबकाे अवसरमा शुभकामना मन्तव्य दिनुभएको थियोे ।

वार्षिकोत्सवको अवसरमा २०७९ सालको वार्षिक परीक्षामा प्रथम, द्वितीय, तृतीय साथै अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय र तृतीय विद्यार्थीहरुलाई सम्मान गर्दै वार्षिकोत्सबकाे अवसरमा विद्यालयले आयोजना गरेको विभिन्न, अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रममा पनि प्रथम,द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र र मेडल लगायत प्रदान गर्दै सम्मान गरिएको थियो ।

वार्षिकोत्सब कार्यक्रमको विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष इन्द्रबहादुर सुनारीकाे अध्यक्षता, विद्यालयका सहायक प्रधानाध्यापक लिलबहादुर रानाको स्वागत एवं शिक्षक प्रेम प्रसाद थापाकाे संचालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *