सिम्रन र राजनको ‘पारी ठुली भिर’सार्वजनिक

काठमाडौँ , लोकप्रिय सर्जक सुन्दर हमालको शब्द रचनामा रहको मौलिक लोक तथा दोहोरी गीत ‘पारी ठुली भिर’सार्वजनिक भएको छ । नवगायिका सिम्रन परियार र राजन कार्कीकाे स्वरमा राजन कार्की स्वयंकाे संगीत छ । सार्वजनिक गीतमा नेपाली पनको आभाष दिने किसिमले गीत रेकर्डिङ एवं  भिडियो निमार्ण गरिएको सुन्दर हमालले बताउनुभयो ।

रेकर्डिङ संगै सार्वजनिक भएकाे  गीत यतिबेला सामाजिक सञ्जालमा चर्चाको शिखरमा रहको छ । मौलिक लोकलयमा आधारित गीतमा मायालु जोडि बीचको प्रेम र उत्सवलाई चित्रण गरिएको छ भने सन्जय राईको छायाँकन,अमृत चापागाईँको सम्पादन र मनोहर भण्डारीको निर्देशन भिडियो निर्माण गरिएको छ।
मौलिक धारमा रेकर्डिङ भई तयार भएको गीतको भिडियो बेगम नेपाली स्मारिका ढकालले अभिनय गरेको देख्न सकिन्छ ।

सुन्दर हमालले यस अघि  रेकर्डिङ गरेका गीतहरू कहिले पुग्ला धन, बनको खयर , सईले, आउन मायालु , उखुम ,दसै गोजीमा हाले गीत विशेष चर्चामा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *