सूचना प्रविधि दिवसमा “सुरक्षित सूचना प्रविधि : सुशासन र समृद्धि” भन्ने नारा सहित कार्यशाला सेमिनार सम्पन्न

पाल्पा, ‘‘सुरक्षित सूचना प्रविधि : सुशासन र समृद्धि’’ भन्ने नाराका साथ क्यान महासंघ पाल्पाले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भ पारेर पाल्पामा सेमिनार सम्पन्न गरेको छ । क्यान महासंघ लुम्बिनी प्रदेशको आयोजना र पाल्पा शाखाको संयोजनमा ‘‘सुशासन र समृद्धिका लागि सूचना प्रविधि र साइबर सुरक्षा’’ विषयक सेमिनार सम्पन्न भएको हो ।सेमिनार शुभारम्भ सभालाई सम्बोधन गर्दै तानसेन नगरप्रमुख सन्तोषलाल श्रेष्ठले सूचना तथा प्रविधिको प्रयोगबाट नै समाजका सवै अवयवहरूको विकास र समृद्धि सम्भव हुने बताउनुभयो । उहाँले बदलिदो समयमा धेरै जसो दैनिकी प्रविधिसँग जोडिएकोले प्रविधिको प्रयोग विना जीवनयापनमा समेत कठिनाइ पर्ने भएकोले यसको सहज र सुरक्षित प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।क्यान महासंघ पूर्व केन्द्रीय अध्यक्ष नवराज कुँवरले क्यानले डिजिटल समाज निर्माणको अभियानमा विभिन्न सिर्जनसिल कार्यक्रमलाई निरन्तरता दिदै आएको बताउनुभयो । क्यान महासंघले सूचना प्रविधिको प्रयोगबाट नागरिकको जीवनमा गुणात्मक परिवर्तन ल्याउने गरी देशभरका ४० हजार बढी सदस्यमार्फत अभियान चलाइरहेको जानकारी दिनुभयो ।क्यान लुम्बिनी प्रदेश अध्यक्ष भोजराज तिमिल्सीना, क्यान पाल्पा अध्यक्ष थमन बहादुर सारु लगायतले नागरिकलाई उपलब्ध गराइने सेवालाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको थियो । जिल्लास्थित विभिन्न सूचना प्रविधि क्षेत्रमा आवद्ध सयबढी सरोकारवाला सहभागी समेनारमा नेपाल बैंकका डाइरेक्टर तथा क्यान महासंघ केन्द्र पूर्व महासविच विवेक सम्शेर जवराले साइबर सुरक्षा, कोष तथा लेखा नियन्त्रक कार्यालय पाल्पाका प्रमुख कोष नियन्त्रक शशिन्द्र खातीले क्षतिपूर्तिसहितको अनलाइन सेवा र क्यान लुम्बिनीमा पूर्व महासचिव श्रीधर बस्यालले सुशासन र समृद्धिको विषयमा प्रस्तुती राख्नुभएको थियो ।कार्यक्रममा सूचना प्रविधिको प्रयोगबाट सेवा प्रवाहमा पारदर्शिता, सहजता, छिटोछरितो बनाइनुपर्नेमा जोड दिइएको थियो । कार्यक्रममा सहभागीले सञ्चार तथा सूचना प्रविधिको प्रयोग तीव्रगतीमा भइरहेको उल्लेख गर्दै सूचना प्रविधि अव मनोरञ्जनको साधनमात्र नभई अत्यावश्यकीय माध्यमका रूपमा स्थापित हुन पुगेको भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएकाे थियोे ।क्यान महासंघले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भमा पाल्पामा सप्ताहव्यापी कार्यक्रमको सन्र्दभमा तेस्रो दिन सेमीनार आयोजना गरेको लुम्बिनी प्रदेश पूर्व सहसचिव भोजराज भट्टराईले जानकारी दिनुभयो । उहाँले क्यानले विद्यालयमा आइसीटी क्लव गठन, रक्तदान तथा सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्ने बताउनुभयो । सेमिनार कार्यक्रम क्यान लुम्बिनी प्रदेश अध्यक्ष भोजराज तिमिल्सिनाको अध्यक्षता, क्यान पाल्पा अध्यक्ष थमन बहादुर सारुको स्वागत एवं सचिव सुदिप पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *