सेनाले गर्‍याे जितगढी किल्ला बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण

रूपन्देही संवाददाता , बुटवल जितगढीमा नेपाल -अंग्रेज युद्धमा नेपालले जित हासिल गरेको जितगढी किल्ला संरक्षणका लागि पुन:निर्माण पश्चात् नेपाली सेनाले बुटवल उपमहानगरपालिका लाई एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ।

गरूड दल गणद्वारा संरक्षण हुँदै आएको जितगढी किल्लालाई नेपाली सेनाले पुनः निर्माण गरि एक कार्यक्रमकाे आयाेजना गर्दै बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हाे। नेपाली सेनाद्वारा आयाेजित हस्तान्तरण कार्यक्रममा महामहिम राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयलाई जितगढी किल्ला हस्तान्तरण गर्नुभएको हो।गरुड दल गणबाट संरक्षण हुदै आएको जितगढी किल्लालाई पुनः निर्माण गरि किल्लाको संरक्षण,प्रवर्द्धन एवं सञ्चालन गर्न बुटवल उपमहानगरपालिकालाई जिम्मादिदै हस्तान्तरण गरेको प्रधान सेनापति शर्माले जानकारी गराउँनुभयाे। जितगढी किल्ला हस्तान्तरण पश्चात् उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले जितगढी किल्लालाई युद्ध संग्रहालय र मणिमुकुन्द सेनको ग्रीष्मकालीन दरबार,नुवाकोटगढी, पाल्पाकाे तानसेन भगवती जात्रासँग जोडेर पर्यटकीय स्थलकाे रूपमा विकसित गर्दै लैजाने बताउँनुभयाे। उहाँले नेपाल-अंग्रेज युद्धकोअध्ययन स्थलको रुपमा विकास गर्दै जितगढी किल्लासंगै युद्ध सम्वन्धित रहेका किल्लाहरू र आसपासका स्थललाई प्रर्‍याप्त उत्खनन् गरी थप तथ्य पत्ता लगाउन नेपाल सरकार पूरातत्व विभागको थप साथ सहयोगको खाँचो रहेको किल्ला हस्तान्तरण कार्यक्रममा उप – महानगरपालिका प्रमुख पाण्डेले भन्नुभयो ।

त्यस्तै कार्यक्रममा बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रादेवी अर्यालले बुटवललाई ‘समानता,स्वाभिमान सहित अवसरको शहर र बस्नयोग्य शहर’ बनाउने दीर्घकालीन साेँच सहित आर्थिक केन्द्रका साथै पर्यटकीय विश्रामस्थल बनाउने योजना उपमहानगरपालिकाले बनाएको बताउँनुभयो।बुटवल उपमहानगरपालिकाको वडा नं. १ मा पर्ने यो किल्ला तिनाउ नदीको बायाँ किनारमा रहेको बताउँदै उहाँले विक्रम संम्वत् १८७२ बैशाख ७ गते तत्कालीन इष्टइण्डिया कम्पनी र नेपाली सेनाबीच भएको लडाइँमा नेपालले विजय हासिल गरेको स्थलको रूपमा जितगढी किल्ला रहेको थियो । सोही दिनलाई बुटवल उपमहानगरपालिकाले हरेक वर्ष विजय उत्सवका रुपमा मनाउँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *