स्थानीयतहमा कानुनहरुको विषयमा सचेतना सम्वन्धि कार्यक्रम रामपुरमा 

पाल्पा , स्थानीयतहमा प्रदेश कानुन सहित विभिन्न कानुनहरुको विषयमा दुई दिने सचेतना कार्यक्रम सुरु भएको छ। पाल्पाको रामपुर नगरपालिकामा सोमबार देखि शुरु भएको सचेतना कार्यक्रममा लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले  रामपुर नगरपालिकाका जनप्रतिनिधिहरुका लागि कानुन सम्बन्धि दुई  दिने सचेतना कार्यक्रम सुरु  गरेको हो ।

कार्यक्रमको उद्घाटन गर्नुहुदै रामपुर नगरपालिका उपप्रमुख बाल कुमारी थापाले कानुन निर्माणको प्रक्रिया र कार्यान्वयन अभावका कारण स्थानीय सरकार सञ्चालनमा केही समस्या आउने गरेको बताउँनुहुदै उहाँले कानुनी प्रक्रियाका विषयमा जनप्रतिनिधिलाई थाहा नहुँदा कतिपय अवस्थामा कार्यसम्पादनमा अप्ठ्यारो परिस्थिती सिर्जना हुदैँ आएको उहाँले बताउँनुभयो । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा सहकारी मन्त्रालयकाे सचेतना सम्वन्धि कार्यक्रमले स्थानीय तहको कानुन निर्माण र कार्यान्वयनमा सघाउ पुग्ने उपप्रमुख थापाले बताउँनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जुनसुकै कानुन समान हुने र सबैलाई समान रुपमा लागु हुने भन्दै विधि र कानुन संवत रुपमा स्थानीय सरकार संचालन हुन आवश्यक रहेको उहाँले बताउँनुभयो । सचेतना कार्यक्रम संचालनका लागि लुम्बिनी प्रदेश  आन्तरिक मामिला तथा सहकारी मन्त्रालयले जिल्लाकाे रामपुर नगरपालिकालाई छनौट गरेकोमा धन्यवाद दिनुभयो ।

कार्यक्रममा आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले स्थानिय तहले आफै कानुन बनाउने अधिकार पाउनु संघियताको मुख्य उपलब्धि भए पनि सरकारले अंकुश लगाएको बताउँनुहुदै उहाँले  हरेक स्थानियतह संचालनका लागि कानुन बनाउने अधिकार प्रदान गरे पनि प्रदेश र संघीय सरकारको कानुन संग नबाझिने गरि कानुन बनाउने पर्ने भन्दै  प्रावधान दुखद पक्ष रहेको कार्यक्रममा उल्लेख गर्नुभयो ।

केहि स्थानीयतहले कानुनले दिए भन्दा बढि अधिकारको प्रयोग गरेको र केहीले कानुनले दिएको अधिकार भन्दा कम प्रयोगकाे कारणले पनि कार्यान्वयनमा आउन नसकेको अवस्थामा रहेको उहाँले बताउँनुभयो । सचेतना कार्यक्रममा कानुन र न्याय , देवानी संहिता , फौजदारी संहिता २०७४ , स्थानीय तहको कानुन निर्माण प्रक्रिया लगाएतका विविन्न विषयमा प्रशिक्षण दिईएको छ ।

श्रीनगर होटल रामपुरकाे सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिकाका दस वटै वडाका वडा अध्यक्ष ,जनप्रतिनिधि कर्मचारी  सहितकाे उपस्थिति  रहेको कार्यक्रममा लुम्बिनी प्रदेश मुख्यमन्त्रिको कार्यालयका कानुन सचिव राजेन्द्र थापा , आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवाली, अधिकृत सिता घिमिरे लगायतले सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रम लुम्बिनी प्रदेश आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीकाे अध्यक्षता र  रामपुर नगरपालिका नगर उपप्रमुख बाल कुमारी थापाको प्रमुख आतिथ्यता रहेकाे कार्यक्रम माधव मिश्रकाे  संचालनमा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *