स्थानीय तहमा शान्ति निर्माण सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

पाल्पा, प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना र जिल्ला समन्वय समिति पाल्पाको समन्वयमा स्थानीय तहमा शान्ति निर्माण सम्वन्धी एकदिने अभिमुखीकरण कार्यक्रम आइतवार तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा संस्थाका मध्य क्षेत्र संयोजक रिता मानन्धरले संस्था मार्फत शान्ति निर्माण प्रक्रियामा हुदै आएको भूमिका र प्रभावको विषयमा जानकारी गराउँनुभएको थियो । उहाँले बहुसरोकारका विवादहरु जल, जंगल र जमिनका विषयामा भएका विवादहरुको समाधानका लागि पनि संस्थाले काम गरिरहेको बताउँनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले सकेसम्म द्वन्द्व हुन नदिने र भइहालेमा पनि सहज रुपले समाधान गर्ने विषय महत्वपूर्ण भएको बताउँनुभयो । उहाँले आयोजक संस्था प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्रले पाल्पा जिल्लाका बिभिन्न स्थानीय तहहरुमा मेलमिलापकर्ता, न्यायिक समिति लगायतका सरोकारवालाहरुको क्षेत्रमा नमुना काम गर्दै आएको बताउँनुभयो ।

कार्यक्रमका जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय अधिकारी, विभिन्न स्थानीय तहका प्रमुख उपप्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो । जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालको अध्यक्षतामा भएको कार्यक्रममा सहजकर्ता शान्ता भण्डारीले स्वागत गर्नुभएको थियो भने संस्थाका राष्ट्रिय श्रोत व्यक्ति थर्कराज गैरेकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *