स्वास्थ्य बिमामा देखिएको समस्या छिट्टै समाधान हुने

पाल्पा, प्रतिनिधिसभा सदस्य ठाकुरप्रसाद गैरेले पाल्पाको स्वास्थ्य बिमा कार्यक्रममा देखिएको समस्या छिट्टै समाधान हुने उहाँले बताउनुभएकाे छ । उहाँले स्वास्थ्य बिमा बोर्डसँग छलफल गर्दै पाल्पामा देखिएको समस्याका बारेमा छिट्टै समाधान हुने बताउनुभयो । नेपाल औषधि व्यवसायी संघ पाल्पा शाखाको सातौ साधारण सभालाई तानसेनमा सम्बाधेन गर्दै उहाँले स्वास्थ्य बिमा बोर्डले अस्पतालहरुलाई भुक्तानी नदिएको भन्दै उपचार सेवा बन्द गर्न लागेपछि त्यसको समाधानमा आफुहरुले सम्बन्धित निकायसँग छलफल गरेकाले समाधान छिट्टै हुने सांसद गैरेले बताउनुभयो । उहाँले स्वास्थ्य बिमा उपचार वापत मिसन अस्पतालको बाँकी रकम स्वास्थ्य बिमा बोर्डबाट ढिलोमा असोज मसान्तसम्म भुक्तानी गर्ने, अस्पतालले राखेको औषधि तथा परीक्षणको दररेट भदौसम्म पुनरावलोकन गर्ने बोर्डबाट सहमति भएको समेत उहाँले बताउनुभयाे ।

उहाँले सम्वाेधनमा पाल्पाका दुई ठूूला अस्पतालप्रति लक्षित गर्दै भन्नुभयाे ‘राज्यसँग सम्झौता गर्ने, केहि समस्याहरु आयो भन्दैमा बीचमै छोड्छु भनेर सेवा प्रवाह नै रोक्नु गैर जिम्मेवारी काम हो, त्यसैले यसो गर्नु हुँदैन ।’ राज्यको नीति नियम कानुन सबैले मान्नु पर्ने भन्दै सांसद गैरेले जोड दिनुभयाे । उहाँले भन्नुभयाे ‘राज्य भन्दा माथि नत सरकार छ, नत संघसंस्था छन् नत कुनै व्यक्ति, त्यसैले राज्यले बनाएको नीति नियम कानुन सबै पक्षले पालना गर्नुपर्छ ।’ जनता, राजनीतिक दल, नागरिक समाज, पत्रकार सबैले मिसन अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई नियमित रुपमा सञ्चालन गर्नेछ भन्ने अपेक्षा सबैले गरेको सांसद गैरेले बताउनुभयाे । पाल्पाका सरकारी अस्पताललाई सुविधा सम्पन्न बनाउन, विशेषज्ञ सेवा प्रदान गर्न, अस्पताललाई चाहिने जग्गाको व्यवस्थापनमा जनप्रतिनिधि, जिल्लाका राजनीतिक दलहरु सक्रिय रुपमा लागेको समेत उहाँले बताउनुभएको हाे ।

प्रतिनिधीसभा सदस्य नारायणप्रसाद आचार्यले सरकार र बिमा बोर्डसँग आफुहरु निरन्तर छलफलमा रहेको बताउनुभयाे । त्यस्तै लुम्बिनी प्रदेशका सांसद तथा पूूर्व मन्त्री वीरबहादुर रानाले पाल्पाको स्वास्थ्य क्षेत्रको विषयमा आफु संवेदनशील रहेको धारणा व्यक्त गर्नुभयाे । उहाँले जिल्लाको स्वास्थ्य बिमा बाेर्डकाे बिमा उपचारमा देखिएको समस्या समाधानमा आफुहरु लागेको बताउनुभयाे ।

वरिष्ठ मुटुरोग विशेषज्ञ एवं नेपाल मेडिकल काउन्सिल अध्यक्ष डा.भगवान कोइरालाले अहिले नेपालमा जथाभावी रुपमा एन्टिबाइटिकको प्रयोगले अधिकाश मानिसको स्वास्थ्य अवस्था जटिल बन्दै गएको बताउनुभयाे । उहाँले औषधी व्यवसायलाई व्यापार भन्दा सेवामा बढी ध्यान दिन आग्रह गर्नुभयाे । जिल्ला जिल्लामा समितिबाटै अनुगमन समिति बनाउनु पर्ने बताउँदै डा. काेइरालाले चिकित्सकको लेखाई बिना औषधी पसलबाट तरकारी बेचे जस्तो गरि औषधीहरु बेच्न नहुने भन्दै उक्त काम तत्काल बन्द गर्नुपर्नेमा उहाँको जोड थियो । देशभरका सरकारी अस्पताल स्वास्थ्य संस्थाको क्षमता विस्तार तथा गुणस्तरीय सेवा प्रवाहका लागि नितिगत रुपमा सम्बोधन गर्ने प्रयास भईरहेको डा. कोइरालाले बताउनुभयाे । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भक्तिसरा रानाले सबैपक्षबाट राज्यको कानुन अनुसार चल्नुपर्छ भन्दै उहाँले पेशा व्यवसाय सञ्चालन गर्दा साेही अनुसारको हुनुपर्नेमा उहाँले जोड दिनुभयाे । सबैपक्ष इमान्दार भएर, आफ्नो दायित्व जिम्मेवारी, नैतिकता भित्र रहेर काम गरे कसैले कसैलाई औला ठडाएर कुरा गर्नुपर्ने अवस्था नआउने समेत उहाँले बताउनुभयाे ।

कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवाली, पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई, पाल्पा व्यापार संघका अध्यक्ष बामदेव बस्याल, पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्मा लगायतले कार्यक्रममा बाेल्दै औषधि व्यवसायीहरुले खेलेको भूूमिकाका बारे चर्चा गर्नुभएको थियोे । संघका अध्यक्ष विष्णु केसीको अध्यक्षतामा उपाध्यक्ष समिरमान सिंहको स्वागत निवर्तमान अध्यक्ष रामलाल श्रेष्ठको धन्यवाद ज्ञापन मन्तब्य र महासचिव सूर्य बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *