स्वास्थ्य सेवा प्रवाहमा पहिलो बन्यो पूर्वखाेला गाउँपालिका

पाल्पा , जिल्लाका दश स्थानीयतह मध्ये स्वास्थ्य सेवा प्रवाहमा पूर्वखोला गाउँपालिका पहिलो बनेको छ ।स्वास्थ्य कार्यालयकाे समीक्षा गाेष्टीमा कार्यक्रममा आर्थिक वर्ष २०७९/८० को कार्यसम्पादनकाे आधरमा गरिएको मुल्यांकनमा पूर्वखोला गाउँपालिकाले सबैभन्दा प्रतिशत ल्याएर पहिलो बनेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा.राजेन्द्र गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न कार्यसम्पादन र सेवा प्रवाहका पच्चीस वटा सूचकका विषयमा मुल्याकँन समिति बाट गरिएको मुल्यांकनमा ८३ दशमलव ८१ प्रतिशत अंक प्राप्त गरी स्वास्थ्य सेवा प्रवाहमा पहिलो बनेको बताउनुभयो ।

यसैगरी ८३ दशमलव ५२ अंक प्रतिशत प्राप्त गरी निस्दी गाउँपालिका दोस्रो भएको छ । मुल्यांकनमा ८३ दशमलव १९ अंक प्राप्त गरी रैनादेवी छहरा गाउँपालिका तेस्रो भएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी टिकाराम अधिकारीले जानकारी दिनुभयो ।मुल्यांकनमा पहलिा दोस्रो र तेस्रो हुने गाउँपालिकालाई सम्मान समेत गरिएको छ । गत वर्षको समीक्षा तथा आर्थिक वर्ष २०८०/८१ को कार्ययोजना गोष्ठीमा माथिल्लो अंक प्राप्त गर्ने उत्कृष्ट तीन गाउँपालिकालाई सम्मान गरिएको हो ।

पाल्पाका सबै गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरुले प्रवाह गर्ने सेवा प्रभावकारी रहेको स्वास्थ्य कार्यालयका तथ्यांक अधिकृत टुकप्रसाद पोखरेलले बताउनुभयो । उहाँले कार्यसम्पादन मुल्यांकन गर्दा ७५ प्रतिशत अंक भन्दा कम कुनै स्थानीय तहको नआएको बताउनुभो । यसका आधारमा स्वास्थ्य सेवा कमजोर नभएको उहाँले दावी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *