स्विस सरकारकाे सहयोग र तानसेन नगरपालिकाकाे आयाेजनामा राेजगार मेला हुने

पाल्पा, तानसेन नगरपालिकाको आयोजना र स्विस सरकारको सहयोगमा यही जेष्ट १२ तानसेनमा रोजगार मेला सञ्चालन हुने भएको छ । तानसेन नगरपालिकाले पत्रकार सम्मेलनकाे आयाेजना गर्दै वडा नं.४ मखनटोल, दरवारक्षेत्र एरियामा रोजगार मेला गर्न लागेको तानसेन नगरपालिका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जानकारी दिनुभएको हाे ।

तानसेन नगरपालिकाकाे रोजगार मेलामा युवा खेलकुद तथा सामाजिक विकास समिति संयोजक प्रदिप खनालले रोजगार मेलाको बारेमा जानकारी दिनुहुदै मेला सञ्चालन गर्नुकाे उद्देश्य, अवधारणालाई बताउँदै उहाँले बेरोजगार र बैदेशिक राेगगारीमा गई फर्किएका स्वदेशमा केही गर्छुभन्ने उद्वेश्य लिएर बसेकालाई राेजगार बनाउन यस मेलाले सघाउने संयाेजक खनालले बताउँनुभयाे । उहाँले मेलामा आएका बेरोगार युवाहरुले आफ्नो रोजाई अनुसारको काममा फर्मभरी तत्कालै रोजगारी पाउने गरि व्यवस्था मिलाइएको जानकारी दिनुभयो ।

जेष्ठ १२गतेदेखि हुन लागेको रोजगार मेलाको प्रदेश सांसद विरबहादुर रानाले उद्वघाटन गर्ने कार्यक्रम रहेको तानसेन नगरपालिकाले जनाएको छ । तानसेन नगरपालिकाका बेरोजगार युवा नागरिकहरुलाई लक्षित गरेर मेलाको आयोजना गरिएको नगर उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताउँनुभयाे ।

राेजगार मेलामा तानसेनमा उत्पादन भएका ढाका, करुवा, होटल, कृषि तथा पशुपालनक्षेत्रमा रहेर उत्पादित बस्तुलाई मेला केन्द्रित गरिनेछ । मेलामा करीव दुई हजार पाँच सय जनाले मेला अवलोकन गर्ने लक्ष्य तानसेन नगरपालिका युवा खेलकुद तथा शिक्षा शाखा प्रमुख एवं शिक्षा अधिकृत कोपिला न्यौपानेले बताउँनुभयाे ।

मेलामा पैँतिस वटा तानसेनका उधोग व्यबसायी, परामर्शदाता तथा रोजगारी तालिम दिने संस्थारूका स्टल रहने शिक्षा शाखा प्रमुख न्याैपानेले बताउँनुभयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *