हार्थाेक बजार अनुुगमनमा एघार हजारको अखाद्य वस्तु जफत गरि नष्ट

पाल्पा, रिब्दिकाेट गाउँपालिकाकाे आयोजनामा रिब्दिकाेट बजार अनुगमन टाेली संयाेजक तथा कार्यालय प्रशासन शाखा अधिकृत रूकलाल भट्टराईकाे संयाेजकत्वमा भएको हार्थाेक बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय पाल्पा , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पा र घरेलु तथा साना उद्योग कार्यालय पाल्पा उद्योग बाणिज्य संघ पाल्पा र नेपाल पत्रकार महासंघ पाल्पाको प्राविधिक सहयोगमा बजार अनुगमन गरिएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालकाे विशेष उपस्थितिमा भएको अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत अर्यालले व्यवसाय दर्ता गर्दा जुन उद्धेश्यका साथ व्यवसाय दर्ता गरेको हाे साेही उद्धेश्य अनुसारको व्यवसाय सञ्चालन गर्नुपर्ने उहाँले बताउनुभयो ।रिब्दिकाेट गाउँपालिकाकाे हार्थाेक बजारमा दुई दर्जन पसललाई अनुुगमन गर्दा केही व्यवसायले व्यवसाय दर्ताकाे प्रमाणपत्रलाई नवीकरण नगरेको भेटिएको र व्यवसाय सञ्चालन गर्दा दर्तागर्दा उल्लेख गरेअनुसार समान बिक्रीवितरण नगरेको र उपभोक्ताले समान खरिद गर्दा बिल नलिने र पसलले बिल बिजक भएर पनि बिजक जारी नगर्ने गरेकाले ती पसलहरुलाई सुझाव दिने काम गरिएको खाद्य अनुसन्धान अधिकृत नरेश श्रेष्ठले बताउनुभयो ।

त्यस्तै बजार अनुगमनको क्रममा खाद्य पसल,कस्मेटिक पसल, हाेटल तथा रेष्टुरेन्ट पसलहरू अनुगमन गर्दा अधिकांश पसलमा व्यवसाय दर्ता नवीकरण नभएको र बिलविजक जारी नभएको हाेटल तथा रेष्टुरेन्टमा सरसफाइमा ध्यान नदिएको र समयावधि सकिएको अखाद्य बस्तुकाे व्यवस्थापन नभएको पाइएकोले पहिलोपटक जानकारी सहितको सुझाव दिने काम गरिएकोले यदि अटेर गरि उलङ्गन गरेको भेटिएमा कानुन अनुसार जरिवाना सहितको कार्यवाही गरिने र दर्ता नभएका पसलहरूलाई पन्ध्र दिनभित्रमा व्यवसाय दर्ता गर्नका लागि अनुरोध गरेको घरेलु तथा साना उद्योग कार्यालय उद्योग विकास सहजकर्ता मनाेज घिमिरेले बताउनुभयो ।

बजार अनुुगमन टाेली संयोजक रूकलाल भट्टराईकाे संयाेजकत्वमा भएको अनुगमनमा मदन अर्याल,धनबहादुर राना,नरेश श्रेष्ठ,मनाेज घिमिरे,विनोद नेपाल,नवराज ज्ञवाली र शिव पाेखरेल हार्थाेक प्रहरी चाैकीका प्रहरी सहायक निरीक्षक दयाशंकर चाईँ लगायतकाे उपस्थितिमा हाेटेल, रेष्टुरेन्ट, खद्यान्न, मासुु , चिया,फलफुल तथा तरकारी पसललाईअनुुगमन गरिएको थियोे । अनुुगमनको क्रममा अधिकांश पसलहरु गाउँपालिकामा दर्ता भएको भेटिएको अनुुगमन टाेली संयोजक भट्टराईले बताउनुभयाे ।

ऐन कानुन उलङ्गन गरी सञ्चालन भएका पसल व्यवसायलाई नियम पुर्वक सञ्चालन गर्न तथा गुुणस्तरीय बस्तु बिक्रिवितरण गर्न निर्देशन दिइएको गुुणस्तर हिन बस्तु बिक्रि गर्नेलाई पहिलो पटक सचेत गराउदै दाेस्राे पटक फेरी साेही कार्य भेटिएमा कार्यवाही गर्ने संयाेजक भट्टराईले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *