हाेटल पाैवाकाे ७औँ वार्षिकोत्सब सम्पन्न

पाल्पा, होटल पौवाले  विविध कार्यक्रम सहित सातऔँ वार्षिकोत्सब मनाएको छ ।देशका एघार स्थानमा शाखा रहेको हाेटल पौवाले सबै शाखाहरुमा छुट्टाछुट्टै कार्यक्रम गरेर स्थापना दिवस मनाएको हो ।सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर होटल पौवा पाल्पाले तानसेनमा प्रभातफेरि र लुम्बिनी मेडिकल कलेज, प्रभासमा बिरामीहरुलाई फलफुल वितरण गरेको छ । होटल पौवा तानसेन शाखा प्रवन्धक यदु भट्टराई, सञ्जु कार्की र हाेटलका अन्य कर्मचारीहरूबाट लुम्बिनी मेडिकल कलेजको प्रसुती वार्डमा भर्ना भएका आमाहरुलाई फलफुल वितरण गर्नुभएको थियो ।

हाेटलकाे स्थापना दिवस मनाउन पौवासंग आवद्ध  लगानीकर्ता कर्मचारी शुभेच्छुक व्यवसायी सहित  आमन्त्रित शुभचिन्तकहरुले ” नेपाली खाना हाम्रो गौरव,नेपाली खानामा नेपाली उत्पादन प्रयोग गरौं, नेपाली पोशाक हाम्रो पहिचान,म नेपाली खाना मन पराउँछु, म नेपाली उत्पादन प्रयोग गर्छु” जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर तानसेनकाे विविन्न   स्थानमा प्रभातफेरि गर्दै पञ्चेबाजा सहित तानसेन बजार परिक्रमा गरेको थियो ।

एक हप्ता अघि मात्र पाेखरामा एघारौं शाखा संचालनमा ल्याएको हाेटल पाैवाले बाह्रऔं शाखाकाे रूपमा काठमाडौं गौशालामा संचालनकाे तयारी भइरहेको जानकारी होटलका अध्यक्ष दुर्गा भण्डारीले गराउनुभयाे । दस वर्षमा एक सय बढी  शाखा संचालन गर्ने अभियानमा अघि बढी रहेको हाेटलका अध्यक्ष भण्डारीले बताउनुभयाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *