हेफरका पदाधिकारीहरू बीच रिब्दिकाेटकाे कार्य अनुभव : सिकाइ आदानप्रदान

पाल्पा , रिब्दीकोट गाउँपालिकाकाे जनप्रतिनिधिह ,गाउँपालिका कर्मचारीहरूका बीच हेफर इन्टरनेशनलका पदाधिकारीहरू संग कार्य अनुभव सिकाइ आदानप्रदान अन्तक्रिर्या सम्पन्न भएको छ ।रिब्दिकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीको संयाेजकत्वमा भएको सिकाइ तथा अनुभव आदानप्रदान अन्तक्रिर्या कार्यक्रममा जनप्रतिनिधि गाउँपालिका कर्मचारीहरू सराेकारवाला सहितकाे उपस्थितिमा हेफर इन्टरनेशनलका पदाधिकारीहरू बीच कार्य अनुभव सिकाई माथि छलफल गर्दै कार्यक्रम सञ्चालनमा परेका कठिनाइ सम्वन्धि आ-आफ्नो अनुभव आदानप्रदान अन्तक्रिर्यामा गरिएको थियोे ।

कार्यक्रममा हेफर इन्टरनेशनलका सिनियर भाइस प्रेसिडेन्ट मिना जोशीकाे प्रमुख आतिथ्यता र हेफर इन्टरनेशनलका राष्ट्रिय निर्देशक डा.तिर्थराज रेग्मीकाे विशिष्टआतिथ्यतामा भएको कार्य अनुभव सिकाइ आदानप्रदानमा हेफर इन्टरनेशनल अमेरिका, कम्बोडिया,बङलादेश,इन्डियाका पदाधिकारीकाे आतिथ्यतामा हेफर इन्टरनेशनल नेपालका पदाधिकारी सहित रिब्दिकाेट गाउँपालिका , सरोकारवाला पक्षहरुको उपस्थितिमा सिकाइ अनुभव आदानप्रदान अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको हाे । हेफर इन्टरनेशनल संगकाे कार्य अनुभव सिकाइआदानप्रदान अन्तक्रिर्या कार्यक्रममा रिब्दिकाेट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारी, गाउँपालिकाका प्रवक्ता प्रकाश रायमाझी , निमित्त प्रशासकिय अधिकृत मणिप्रसाद खनाल, वडा न. २ का वडा अध्यक्ष ओम प्रसाद पोखरेल, वडा न. ३ का वडाअध्यक्ष नारायणबहादुर के.सी, वडा न. ७ का वडाअध्यक्ष दानबहादुर कुँवर,कार्यपालिका सदस्य गोमा थापा पचभैया र रन्जना आचार्य सहित कर्मचारीहरूको उपस्थिती रहेको थियो ।

हेफरसंगकाे सिकाइ तथा अनुभव आदानप्रदान अन्तक्रिर्यामा रिब्दिकाेट गाउँपालिका हेफर इन्टरनेशनल, हेफर प्राेजेक्टसंगकाे सहकार्यमा गरिएको काममा भएको हाल सम्मको उपलब्धिलाई सिकाइ र अनुभवकाे विषयमा छलफल गर्दै विविध विषयहरूमा कार्यक्रमकाे विवरण उपलब्धि सहित कृषि प्रविधिक रञ्जित कुँवरले प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । रिब्दिकाेट गाउँपालिका योजना शाखा प्रमुख काशीनाथ आचार्यकाे सञ्चालनमा सिकाइ आदानप्रदान अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *