२९औँ विश्व आदिवासी जनजाति दिवस पाल्पामा पनि  मनाइयो

पाल्पा, २९ औँ विश्व आदिवासी जनजाति दिवस कार्यक्रम पाल्पामा सम्पन्न भएको छ । नेपाल आदिवासी जनजाती समन्वय समिति पाल्पाको आयोजनामा कार्यक्रम गरिएको हो ।कार्यक्रमका प्रमुख अतिथि एवं पाल्पा क्षेत्र नं.-२ (क) लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले आदिवासी जनजाति दिवस कार्यक्रमकाे उद्घाटनमा शुभकामना मन्तब्य राख्नुहुदै आदिवासी जनजातिहरूले आफ्ना कुरा आफै भन्न नसक्दा पछाडी परेको बताउनुभयो ।तानसेन १ गोर्खेकोटमा भएको कार्यक्रममा बोल्दै उहाँले सामाजिक सद्भाव खलबल्याउन कसैको अधिकार नभएको बताउँदै उहाँले युवाहरूलाई जागरुक गराइ सामाजिक सहिष्णुता कायम राख्न समेत आग्रह गर्नुभएको छ ।

कार्यक्रम मा पाल्पा क्षेत्र न १ (क) का लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले कार्यक्रममा  बाेल्दै उहाँले सामाजिक परम्परा, रितिरिवाजहरू  परिस्कृत गर्दै संस्कृतिलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।

जिल्ला समन्वय समिती पाल्पाका प्रमुख टकंनाथ खनालले जबसम्म धनी र गरिव ,तल्लो जात र उपल्लो जात बिचको वर्ग कायम रहिरहन्छ तब सम्म समाजमा विभेद रहिरहने उहाँले बताउनुभयो ।

पाल्पामा क्रियाशील राजनैतिक पार्टीकोआदिवासी जनजातिको दलगत आधिकारिक धारणा समेत प्रस्तुत गरिएको कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका कार्यवाहक अध्यक्ष झपेन्द्र गैरे,नेकपा एमालेका अध्यक्ष धनेन्द्रराज घिमिरे , नेकपा माओवादी केन्द्रका अध्यक्ष राजेन्द्र बिक ,राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव सुमन गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुल बहादुर कुँवर ,राष्ट्रिय जनमोर्चाका अध्यक्ष बिशाल दर्लामी, नेकपा एकीकृत समाजवादीका सचीव मोहनलाल गैरे लगायतले आफ्नो अधिकार प्राप्तिका लागि लड्दा अरुको अधिकारको बिषयलाई ख्याल गर्नुपर्ने भन्दै  त्यसमा सचेत भई अघि बढ्नुपर्ने बताउनुभएकाे थियाे ।

कार्यक्रममा बोल्दै नेताहरुले आदिवासी जनजाती दिवस मनाइनुको कारण बारे बोल्दै आदिवासी लाई दमन र शोषण गरेको खण्डमा आफुहरुले नसहने बताउनुभयो ।कार्यक्रममा जनजातीको हकहितको लागि पार्टी सदैव लागि परिरहने प्रतिबद्धता समेत नेताहरुले जनाएका छन् ।कार्यक्रम नेपाल आदिवासी जनजाति संमन्वय समिती पाल्पाका अध्यक्ष गमबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।दस पालिका रहेको पाल्पा जिल्लामा ६३.३७ प्रतिशत आदिवासी रहेका छन भने सबैभन्दा बढी मगर समुदाय को बाहुल्यता रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *