३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस रामपुर पाल्पामा मनाइयो

पाल्पा, ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस रामपुर पाल्पामा पनि मनाईएको छ । रामपुर नगरपालिकाले दिगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता , अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ आईतबार एक कार्यक्रम गरी दिवस मनाएको हो ।कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख तथा नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँणले अपाङ्गता भएका व्यक्तिहरुको लागि निर्माण भएका नीति र कानुन जब सम्म व्यवहारमा कार्यान्व्यन हुँदैन तब सम्म अधिकार सुनिश्चित नहुने बताउनुभयो । अपाङ्गता भएका व्यक्तिहरुका लागि विभिन्न कानुन बने पनि सुविधा नपाउनु दुखद पक्ष रहेको उल्लेख गर्नुभयो । साथै उहाँले फरक क्षमता भएका व्यक्तिहरुको हक अधिकार संरक्षण र सम्बद्र्धनका लागि नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।

कार्यबहाक नगर प्रमुख खाँणले अपाङ्गता भएका व्यक्तिहरुले आफुलाई कमजोर नसम्झन आग्रह गर्दै दक्ष र सक्षम बन्नु पर्नेमा जोड दिनुभयो । साथै उहाँले अपाङ्गता भएका व्यक्तिहरुलाई सरल जिवनयापन र जिविकोपार्जनका लागि विभिन्न सिपमूलक तालिम सञ्चालन गरिने बताउनु भएको छ । नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा सहभागिहरुको तर्फबाट कृष्ण प्रसाद भट्टराईले नगरभित्रका सबै अपाङ्गता भएका व्यक्तिहरुलाई समेट्ने किसिमको कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रशासन अधिकृत युवराज पन्थिले अपाङ्गता भएका व्यक्तिहरुका लागि सरकारले निर्माण गरेका कानुन , प्रदान गरेको अधिकार , नगरस्थित अपाङ्गता भएका व्यक्तिहरुको अवस्था र नगरपालिकाले सञ्चालन गरेका कार्यक्रमहरुको बारेमा प्रशिक्षण दिनु भएको थियो ।

नगर स्तरिय अपाङ्गता संरक्षण समितिका संयोजक जगन्नाथ कंडेलको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका कार्यवहाक नगर प्रमुख एवं नगर प्रवक्ता कपिल बहादुर खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । निमित्त प्रमुख प्रशासकीय अधिकृत चेमन प्रकाश पोखरेलको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन पुजा परियारले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *