४२औँ मगर एकता दिवसको अवसरमा पत्रकार सम्मेलन

नवराज ज्ञवाली पाल्पा, नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाको आयोजनामा “मगरात सभ्यता सहितको मगरसमाजनिर्माण हाम्रो प्रतिवद्वता। ४२औँ स्थापना दिवसमा भाषिक – साँस्कृतिक विविधताबीचकाे सद्भावपूर्ण ऐक्यबद्धता ।” भन्ने मुल नारा सहित माथागढीकाे सराई फुलवारीस्थित लखनपार्कमा हुन लागेको मगर एकता दिवसबारे जानकारी दिने उदेश्यले तानसेन पाल्पामा पत्रकार सम्मेलन गरिएको छ। माथागढी गाउँपालिकाकाे आर्थिक सहयोग र नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाको आयोजनामा यही फागुन १५ गते मगर दिवस मनाउन लागिएको हाे ।

नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाले ४२औँ मगर एकता दिवसको बारेमा जानकारी दिदै मगर समुदायको भाषा संस्कृति संरक्षण र सभ्यता बारे जानकारी दिदै दिवसले अन्य समुदाय बीचकाे सम्बन्ध विस्तार, हार्दिकता र एकतालाई थपमजबुत बनाउँदै मगर समुदायको भाषा संस्कृति संरक्षण गर्दै जातीय, साँस्कृतिक, भेषभुषा, खानपिनसहित झ्याकी र्‍यालीकाे प्रदर्शनी सहित मगरहरूकाे गुमेको राजनीतिक अधिकारहरू स्थापना गर्नुनै दिवसको मुख्य उदेश्य रहेको पत्रकार सम्मेलनमा नेपाल मगर संघ लुम्बिनी प्रदेश सचिव तेजबहादुर घर्ती मगरलेबताउँनुभयाे। उहाँले पत्रकारहरूसंगकाे भेटघाटमा भन्नुभयो याेदिवसले अन्य समुदायलाई मगरकाे संस्कृति, संस्कार र सभ्यतालाई बुझ्न सजिलो हुने बताउँदै सहभागी हुन अनुरोध गर्नुभयो ।

नेपाल मगर संघ माथागढी गाउँ समितिले गरेको पत्रकार भेटघाट कार्यक्रममा पत्रकार भगवान भण्डारी ,कमलराज तिमिल्सिना माधव अर्याल ,नारायण न्याैपाने,यज्ञमूर्ति तिमिल्सिना,बिष्णु खनाल,सुनिल कार्की ,अनिल लिगल र पदम गैरेले आ-आफ्नो धारणा सहितको जिज्ञासा राख्नुभएको थियोे ।पत्रकार सम्मेलनमा उठेको जिज्ञासालाई कार्यक्रमका अध्यक्ष एवं नेपाल मगर संघ माथागढी गाउँ समिति पाल्पाका अध्यक्ष भेगराज थापा मगरले जवाफ सहितको सम्वाेधन गर्नुभएको थियोे । पत्रकार सम्मेलनकाे नेपाल मगर संघ माथागढी गाउँ समिति सचिव खाेम गाहाकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *