अकबरे खुर्सानी खेतीकाे अध्ययन गर्नलाई गुल्मी धुर्काेटकाे टाेली रिब्दीकाेट भ्रमणमा

पाल्पा, कृषि र पशु व्यवसायबाट नै पहाडको ग्रामीण बस्तीको आर्थिक उन्नति देखेका पाल्पाको रिब्दीकोट र गुल्मीको धुर्कोट गाउँपालिकाले सहकार्य गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

धुर्कोट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलको नेतृत्वमा रिब्दीकोट गाउँपालिकाको अकबरे खुर्सानी खेती र स्थाइ टनेल अध्ययन अवलोकनका लागि रिब्दीकाेट भ्रमण गर्न आएको टोलीसंग रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले खुर्सानीको अग्रिम मूल्य सुनिश्चित गरेर किसानलाई खुर्सानीमा आकर्षित गरेको जानकारी गराउँनुभयाे । उहाँले गुल्मीकाे धुर्काेटबाट पाल्पाको रिब्दीकाेट आएको टाेलीलाई अकबरे खुर्सानी खेतीबारे गराउँदै मौसमी र बेमौसमी तरकारीका लागि रिब्दीकोट कृषि परियोजना RAP मार्फत अनुदानमा स्थाइ टनेल अभियानकै रुपमा कार्यक्रम अगाडि बढेको बताउँनुभयो ।
कृषिमा धुर्काेटले गरेको कामको बारेमा जानकारी दिँदै धुर्कोट दिदै गाउँपालिकाका अध्यक्ष्य पोखरेलले धुर्कोटका किसानको मुहारमा खुसी ल्याउन आर्थिक उपार्जनका कार्यक्रम ल्याइएको बताउँदै उहाँले पैसाले किसानहरूकाे गोजी भर्ने अभियानलाई चलाइएको बताउँनुभयो ।

सोही अवसरमा रिब्दीकोट गाउँ पालिका संस्थापक अध्यक्ष तथा अकबरे खुर्सानी खेतीका अभियन्ता नारायणबहादुर जीसीले रिब्दीकोटमा वार्षिक रुपमा झण्डै छ करोड रूपैयाँ बढी रकमकाे अकबरे खुर्सानीबाट भित्रिएको जानकारी गराउँदै यसलाई बृद्धि आधारको बारेमा चर्चा गर्नुभएको थियो । नेता बने पछि काम गर्न हुन्न भन्ने कुराको अन्त गर्नु पर्नेमा जोड दिँदै उहाँले आफू पदमा हुँदा वा नहुँदा कृषिसंग सम्बन्धित काममा सधैव सक्रियता साथ लागिरहेको बताउँनुभयो ।

गुल्मीको धुर्कोट गाउँपालिकाबाट आएको टोलीले रिब्दीकोटकाे कुसुमखोला र भैरवस्थानमा निर्माण भएका स्थाइ टनेल अकबरे खुर्सानीको निरीक्षण समेत गरेको छ। उक्त टोलीले पाल्पाको निस्दी गाउँपालिकामा भएको बेसार एवं अदुवा खेतीको समेत निरिक्षण समेत गर्ने बताएको छ । रिब्दीकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले स्वागत तथा रिब्दीकोटले कृषिकाे क्षेत्रमा गरेको काम बारेमा जानकारी दिनुभएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *