बुटवल, बुटवल उप महानगर पालिकाले आफ्नै नगर गानकाे प्रयोग गर्ने भएको छ । खुला प्रतिस्पर्धा बाट बुटवलको पहिचान सहित कला संस्कृति रहनसहन भाषा,धर्म संस्कार,नगरभित्रकाे प्राकृतिक सम्पदालाई समेटिएको नगर गान लेखन कार्य सम्पन्न भएसंगै खुल्ला प्रतिस्पर्धाबाट डिल्लीनारायण पाण्डेले रचना गर्नु भएको नगर गानलाई छनोट गरी नगर कार्यपालिका बैंठकबाट पारित गर्दै बुटवलकाे नगर गान सभाबाट अनुमोदन गरिएको हो । बुटवलकाृ नगर गान लेख्नलाई १४ जना लेखक सष्टाले आवेदन पेश गर्नुभएको थियोे । प्रतिस्पर्धामा सहभागीहरूमध्ये रचनाकार स्रष्टा डिल्लीनारायण पाण्डेकाे रचनालाई उत्कृष्ट नगर गानको रूपमा छनाैट गरिएको छ ।
सोही नगरगानलाई बुधबारको नगर सभाले अनुमोदन गर्दै प्रचलनमा ल्याएको नगर प्रमुख खेलराज पाण्डेयले बताउँनुभयाे। नगर गानमा बुटवलको ऐतिहासिकता, कला संस्कृति रहनसहन र समावेशी विषयहरु समावेश छन् ।
यस्तो छ नगरगान
चुरे पहाड, उर्वर तराई, तिनाउ कलकल
रामापिथेकश, बुद्धवल्ली गौरव बुटवल ।
बहु भाषा, धर्म संस्कार, थरिथरि जाति
वसन्तपुर, नुवाकोट मुस्कुराउँछन् माथि ।
मणिमुकुन्द, उजिरसिंह, जितगढीको माटो
घिउ बेचेर नुनतेल साट्ने पुर्खाको यही बाटो ।
कृषि, उद्योग, व्यापार र पर्यटनको लहर
देशकै अब्बल शिक्षा, स्वास्थ्य आधुनिक सहर ।
प्राकृतिक सम्पदा र सभ्यताको खानी
सिद्धभूमी बुटवलवासी हामी भाग्यमानी ।
हाम्रो खस्यौली राम्रो बटौली प्यारो बुटवल ।