आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाको नसर्ने रोग न्यूनिकरण सम्बन्धी अन्तक्रिर्या

पाल्पा, आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाले संक्रमण तथा नसर्ने रोग न्यूनीकरण सम्बन्धी गाउँपालिका स्तरीय अभिमुखिकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रकाे आयोजनामा भएको कार्यक्रम तथा अन्तक्रिर्या कार्यक्रममा नसर्ने रोगको विषयमा सहजीकरण गर्दै पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका निमित्त प्रमुख माधवप्रसाद बस्यालले नसर्ने रोगका कारण धेरैको ज्यान जाने गरेकाले पनि यसको रोकथाम तथा नियन्त्रण आवश्यक रहेको बताउँनुभयो । उहाँले कार्यक्रममा बाेल्नुहुदै धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोग, अस्वस्थकर खानपिन, अपर्याप्त शारीरिक क्रियाकलाप र मध्यपानको प्रयोगले यी रोगले सताइरहेको भन्दै जीवनशैलीमा परिवर्तन गर्न पनि नागरिकलाई बारम्बार झक्झकाइ रहनु पर्ने बताउँनुभयो ।

कार्यक्रमकाे सहजीकरण गर्नुहुँदै निमित्त प्रमुख वस्यालले समयमै नसर्ने रोगको पहिचान गरी उपचार गर्न सके यी र यस्ता रोगहरूको रोकथाम गर्न सकिने भन्नुभयो, ‘‘पहिलो कुरा हरेक नागरिकले आफ्नो स्वास्थ्य परीक्षण गर्नु आवश्यक छ ।’’ निमत्ति प्रमुख बस्यालले पछिल्लो समय लगभग ७० प्रतिशत जनसंख्याको मृत्यु सक्रामक नसर्ने रोगको कारणले हुने भएको सहजीकरणमा उल्लेख गर्नुभयो । उहाँले याे राेगले ३० देखि ६९ वर्ष उमेरका मानिसहरूको अकालमा मृत्यु हुने गरेको बताउँदै आयुर्वेद चिकित्सा विज्ञानले मुलतः व्यक्तिको स्वास्थ्य रक्षा एवं राेगी बिरामीको उपचारमा ध्यान दिने गरेको उल्लेख गर्नुभयो । कार्यक्रममा बगनासकाली गाउँपालिका उपाध्यक्ष हरिप्रसाद पाठकले कार्यक्रममा जनताको स्वास्थ्य सबैभन्दा ठुलो बिषय भएको बताउँनुभएको छ । उहाँले पछिल्लो समय देखा परेको नसर्ने रोगले भयावह बनाउन थालेको प्रतेक घर टोलमा दीर्घ रोगीको संख्या बढ्दो दरमा रहेकोमा चिन्ता व्यक्त गर्नुभएको थियो । उहाँले आफ्नो स्वास्थ्यमा आफै ध्यान दिनुपर्नेमा समेत जोड दिनुभएको थियो । कार्यक्रममा बगनासकाली गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख मणीराम अधिकारीले बगनासकालीमा गत वर्षको तुलनामा २० प्रतिशतले नसर्ने रोगको दर बढेको बताउनु भएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुको पहलमा “स्वास्थ्य मन्त्री कार्यक्रम“अन्तर्गत “मेरो स्वास्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथ सुरु भएको कार्यक्रम अन्तर्गत पाल्पाका दस वटै स्थानीय तहमा आभिमुखीकरण कार्यक्रम गर्ने क्रममा रहेको निमित्त प्रमुख माधवप्रसाद बस्यालले बताउँनुभयो । पाल्पा आयुर्वेद स्वास्थ्य केन्दका डा.हौसला धितालले नसर्ने रोग सहित सर्ने रोगको पनि उत्तिकै जोखिमपूर्ण रहेको उल्लेख गर्दै व्यक्ति स्वस्थ हुनका लागि स्वस्थ आहारविहार सहित योग ब्यायाम र सक्रिय जीवनशैलीमा परिवर्तनकाे खाँचो रहेको बताउँनुभयाे । कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, संचारकर्मी, विद्यार्थी, महिला स्वास्थ्य स्वयं सेविका शिक्षक लगायतको सहभागिता रहेको थियो । अन्तक्रिर्या कार्यक्रम पाल्पा आयुर्वेद स्वास्थ्य केन्दका यज्ञप्रसाद गैरकोे स्वागत र सरिता केसी गोदारको संचालनमा सम्पन्न भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *