एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बाली शिविर

पाल्पा, मदनपोखरा बहुप्राविधिक शिक्षालय Madanpokhara polytechnic Institute ले एकदिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । प्राविधिक शिक्षालयले गरेको उक्त एकदिने नि:शुल्क पशु स्वास्थ्य तथा बालीनाली परामर्श शिविरमा पशुकाे स्वास्थ्य चेकजाँच र कृषिमा माटोकाे परीक्षण गरिएको थियोे । एकदिने स्वास्थ्य शिविरमा पशुबस्तुहरुको निःशुल्क चेकजाँच तथा निदान भएका रोगहरूको निःशुल्क औषधि वितरण, रेबिज खोप सेवा, गोबर परीक्षण, माटो परीक्षण, थुनेलो परीक्षण जस्ता बिषयहरूमा सेवा प्रदान गरिएको थियो ।समुदायमा कृषि खेती तथा पशुपालन गरिरहेका कृषकहरूकाे समस्या र समाधान बारेमा परामर्श सहित प्राविधिक शिक्षालयमा अध्ययनरत प्रशिक्षार्थी विद्यार्थीहरुलाई व्यवहारिक सीप सिकाइ अभ्यास गराउने उद्धेश्य राखी शिविर आयोजना गरिएको हाे।

शिविरमा खेती तथा पशुपालनमा देखिने समस्याहरुका बारेमा पहिचान गराउने उद्देश्य अनुरुप शिविर संचालन गरिएको हो । प्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीहरूकाे व्यवहारिक, प्रयाेगात्मक ज्ञानदिने हेर्तुले “कृषकसँग प्राविधिक” नाम दिइएको याे कार्यक्रम प्राविधिक शिक्षालयले नियमित रुपमा गर्दै आएको छ । मदनपाेखरा बहुप्राविधिक शिक्षालयले आयोजना गरेको शिविरमा डा.रजिना दाहाल, डा.सुदीप न्यौपाने, पशु सहायक दानबहादुर रम्तेलले पशुवस्तुको समस्याहरुका बारेमा उपचार तथा निदान गर्नुभएको थियो । शिविरमा यस्तै गरी बालीनालीमा देखिने समस्याहरुका बारेमा प्रतिमा ढकाल, विशाल अधिकारी र मनोज यादवले परामर्श सेवा दिनु भएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *