प्रदेश संवाददाता रूपन्देही, भारतको उर्ध्वाम्नाय काशी सुमेरु पीठाधीश्वर तथा जगत्गुरु शंकराचार्य अनन्तश्री विभूषित स्वामी नरेन्द्रानन्द सरस्वतीजी महाराजले पाल्पाको वसन्तपुरस्थित कामाख्यादेवी मन्दिरमा दर्शन तथा पूजाआराधना गर्नुभएको छ । नेपालका धार्मिक स्थलहरूको भ्रमणकाे क्रममा पाल्पास्थित बसन्तपुरमा रहेको कामाख्या देवी मन्दिर दर्शन गर्नुभएको हाे ।
मन्दिरकाे दर्शनपछि जगतगुरू शंकराचार्यले कामाख्या देवीको दर्शनले मानव जीवनमा शक्ति आर्जन हुने र जीवनमा आइपर्ने दुख एवं संकट मोचन हुने धार्मिक विश्वास रहेको बताउँनुभयाे । कामाख्या देवीको दर्शन तथा उपासनाले मनोकामना पूरा हुने जगतगुरू शंकराचार्यले बताउँनुभयाे । उहाँले भन्नुभयो पाल्पाकाे वसन्तपुर निकै सुन्दर स्थान स्वच्छ,शान्त शीतल ठाउँ भएकोले पनि हिन्दु धर्मावलम्बीहरू याे कामख्या देवी मन्दिरमा एकपटक पुग्नै पर्ने बताउँनुभयाे ।
