पाल्पा, रम्भा गाउँपालिकाले गाउँगाउँमा कृषि उद्यमलाई प्रवर्द्धन गर्ने उद्धेश्यले कृषि एम्बुलेन्सकाे सञ्चालन ल्याएको छ। रम्भा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालन गर्ने भएपछि गाउँपालिकाका तरकारी उत्पादक किसानहरू खुशी भएका हुन् । गाउँपालिकाबाट कृषि एम्बुलेन्स चलाउन थालेपछि साना साना तरकारी उत्पादक गर्ने किसानहरू प्रत्येक्ष लाभान्वित भई खुशी भएका छन् । रम्भा गाउँपालिकाले गाउँका किसानहरूकाे कृषि उत्पादनलाई व्यवस्थित गर्दै किसानकाे तरकारीलाई सहज रूपमा बजारमा उपलब्ध गराउनलाई कृषि एम्बुलेन्स चलाउने साेँच सहित एम्बुलेन्स ल्याएको जनाएको हाे । गाउँमा उत्पादन भएका तरकारीहरू तथा फलफुलहरूकाे निकासी गर्न गाह्राे भएपछि किसानकाे आवश्यकतामा कृषि एम्बुलेन्स चलाईएको हो ।
गाउँमा उत्पादन बढी भई खेर जाने अवस्थामा तरकारीलाई माग भएको ठाउँमा लगेर बेच्नका लागि तथा गाउँमा बसेर कृषि कर्म गरिरहेका किसानकाे व्यवसायीकरणकाे विकासका लागि कृषि एम्बुलेन्सकाे सञ्चालन गरिएको रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउँनुभयो । उहाँले कृषि एम्बुलेन्सकाे सञ्चालन गरिएसंगै एकातिर खेर गएको तरकारीको बिक्री हुने र अर्कोतर्फ तरकारी उत्पादक किसानमा आत्मबिश्वास बढ्नगई तरकारी उत्पादनमा व्यवसायीकरण हुने बताउँनुभयो । अध्यक्ष भण्डारीले किसानको सवलीकरण एवं उहाँहरुले उत्पादन गरेकाे कृषि उत्पादनहरूको सहज रूपमा बजारीकरणमा गाउँपालिका प्रतिबद्ध रहेको बताउँनुभयो । गाउँपालिकाकाे कृषि शाखाको सहजीकरणमा पाँचवटै वडाका तरकारी उत्पादनक्षेत्रकाे उत्पादित तरकारीहरूलाई हरेक हप्ता स्थानीय स्तरमा संकलन गरि बजारीकरणमा पहल गर्ने गरिएको रम्भा गाउँपालिका कृषि शाखा प्रमुख प्रभा गौडेलले बताउँनुभयो । उहाँले गाउँपालिकाकाे सबै वडालाई समेटेर तरकारी संकलन केन्द्रबाट उत्पादन भएको तरकारी निकासा गरिएको जानकारी गराउँदै कृषि शाखा प्रमुख गाैडेलले बताउँनुभयो । रम्भा गाउँपालिकाले नागरिकको बारीमा खेर गएको कागतीहरू आजभोली बजार पुग्ने गरेको बताउँदै उहाँले धेरै थोरै आम्दानी लिन सफल भएको उहाँले बताउँनुभयाे ।
रम्भा गाउँपालिकाकाे रानीबासका किसान हेमा सारुले आफ्नो घरकाे बारीमा फलेको कागती तथा रुखे टमाटर, साग, बोडी, सिमीकाे बिक्रीवितरणमा कुनै समस्या नरहेको अनुभूति सुनाउँनुभयाे ।उहाँले वडाका ग्रामीण भेगबाट गत महिनामा फर्सी, बोडी, करेला, साग, स्कुस, मुला, काउली, कागती, बन्दा लगायत उत्पादन भएको तरकारीकाे संकलन गरि गाउँ भन्दा बाहिर निकासा गर्ने गरिएको बताउँनुभयाे । गाउँघरमा भैंसी एवं बंगुरलाई खुवाईने फर्सीलाई यतिबेला बजारमा छ साढे छ क्वीन्टल बेचिएको गाउँपालिकाका कृषि शाखा प्रमुख प्रभा गौडेलले कुराकानीमा बताउँनुभयो । उहाँले त्यस्तै बोडी,साग,काउली,मुला लगायतका तरकारीहरूकाे निकासा गरिएको बताउँनुभयाे ।