कुसुमकाे तेस्रो वार्षिकोत्सब सम्पन्न,सहकारीलाई विकाससंग जाेड्न आवश्यक : पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री राना

पाल्पा , कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन सम्पन्न भएको छ। वि.सं.२०७७ साल माघ२७ गते भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय मुुकाम बुटवल रूपन्देहीमा पाल्पा,गुल्मी र रूपन्देही सहित लुम्बिनी प्रदेश स्तरीय काराेवार गर्नेगरी दर्ता भई एक्काइस लाख पचास हजार पूँजीकाे त्रिचालीस जना युवाकाे सक्रियतामा स्थापित सहकारी संस्थाले वर्तमानमा पाल्पा गुल्मी र रूपन्देहीमा काराेवार गर्दै आएको छ। संस्थाले स्थापनादेखिनै सहकारीको मार्गदर्शन सिद्धान्त अनुसार सहकारीको मर्म,भावना,स्वतन्त्रता,सहकारीको ऐन निययम एवं नियमन निकायकाे जारी निर्देशनकाे पालना गर्दै सदस्यहरूकाे आर्थिक,साँस्कृतिक,सामाजिक विकासमा कटिबद्ध रहेर काम गरिरहेका छाेटाे अवधिमै ख्याति कमाउन सफल भएको हाे। सामान विचार,समान आयस्रोत र विचार भएको व्यक्तिहरूलाई संस्थामा आवद्ध गराउँदै “समृद्ध सदस्य,सर्वाेकृष्ट संस्था”बनाउन लगानी कुसुमकाे,आम्दानी मेराे”र”हरेककाे आय,हरेककाे व्यवसाय,काे आदर्श ब्याक्यकाे अनुशरण गर्दै सदस्यकाे हरेक दु:खमा उभिएर कृषि,पशुपालन,कृषि उद्यम,संस्कृति पर्यटन र स्वास्थ्य शिक्षा लगाएतका क्षेत्रमा काम गर्दै आएको छ। लुम्बिनी प्रदेश सांसद एवं पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री वीरबहादुर रानाले कार्यक्रम उद्घाटन गर्नुहुँदै भन्नुभयो,सहकारीले उत्पादन र उद्यमशीलतामा जोडिएर आफ्नो गतिविधि अगाडि बढाउन आवश्कय रहेको बताउँनु भएको छ ।

वार्षिकोत्सबमा प्रमुख अतिथि रहनुभएका उहाँ दिनहुँ बढ्दो वैदेशिक पलायन र रोजगारीमा देखिएको संकटले गर्दा राेजगारीका लागि विदेशीने प्रवृत्ति बढीरहेको छ भन्नुभयो । वैदेशिक पलायन राेक्नलाई पनि विषेश कार्यक्रम बनाएर सहकारीले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने बताउँनुभयो । संस्थाकाे तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशन कार्यक्रमका प्रमुख अतिथि रहनुभएका प्रदेश सांसद एवं पुर्व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री रानाले कुनै समय गाउँका सिमित हुनेखानेवर्गका ठालु साहुसँगकाे चर्को व्याजमा कर्जा लिनुपर्ने वाद्यता रहेकोमा अहिले गाउँ घरमा भएको सहकारीको विकासले त्यो वाद्यतालाई कम गर्दै लगेको समेत बताउँनुभयो । हालै जारी भएको सहकारी अध्यादेशले सहकारीमा देखिएको निरासालाई आशामा बद्ल्न कोसेढुंगाा सवित हुने समेत उहाँले कार्यक्रममा बताउँनुभयो । लोकतन्त्र बलियो हुन तल्लो तहका नागरिकहरूहरेक हिसाबले सक्षम हुन आवश्यक रहेकोले बताउँदै त्यसको परिपुर्तिको लागि सहकारीहरूनै प्रमुख माध्यम हुने बताउँनुभयो । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशनमा बाेल्दै उहाँले राजनैतिक नेतृत्व र कर्मचारीप्रति विश्वास एवं आस्था टुट्दै गएको प्रसंगलाई उल्लेख गर्नुहुदै उहाँले सहकारी प्रति सदस्यहरूकाे विश्वासलाई आशामा बद्ल्न कुसुम सहकारी सारथी बनेको बताउँनुभयो ।

कुनै पनि संस्थाको दिगो विकास एवं भरोसाको लागि तीन वटा चरित्रले मुख्य भुमिका खेल्ने बताउँदै प्रदेश सांसद एवं पूर्व ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री रानाले लोकतान्त्रिक अभ्यास, पारदर्शिता र इमानदारीताले मात्र सहकारी बलियो हुने भन्दै यी सबै पक्ष कुसुम सहकारीसँग रहेको बताउँदै अन्य सहकारीहरूले समेत अनुशरण गरेर अघि बढ्न आवश्यक रहेको बताउँनुभयो । कार्यक्रमको विशिष्ट अतिथि जिल्ला सहकारी संघ उपाध्यक्ष शारदा नेपाल,पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई,पाल्पा व्यापार संघका अध्यक्ष विष्णु कार्की,नेपाल घरेलु तथा साना उद्योग महासंघ पाल्पा अध्यक्ष कमल ढकाल, तानसेन नगरपालिका वडा नंम्बर ४ कि वडा सदस्य सीता बस्नेत, यूनाईटेण्ट मिसन अस्पताल पाल्पा कार्यकारी निर्देशक डा.रचेल कारक, सदस्य सहजीकरण केन्द्र प्रमुख फटिक केसीले कार्यक्रममा आ-आफ्नो धारणाको मन्तब्य दिनुहुँदै उहाँहरूले केही सहकारीहरूका गतिविधिले गर्दा सम्रग सहकारीको साख गुमाउने अवस्था सिर्जना भएकोमा त्यसबाट शिक्षा लिएर कुसुम सहकारीले काम गर्न सक्नुपर्ने बताउँनुभयाे। सहकारी क्षेत्रमा नवीन एवं स्वरोजगार सिर्जना हुने खालको कार्यक्रम ल्याउन सक्षम र सफल भएकोले पनि अब कुसुम सहकारीले जुन लक्ष्य र उदेश्य बोकेर अघि बढेको छ त्यसको सफलता प्राप्त गर्नलाई सफल हुने विश्वास गर्नुहुँदै शुभकामना व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष केशवराज ढकालले प्रस्तुत गर्नु भएको वार्षिक नीति कार्यक्रम र प्रगति प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिका संयोजक रामप्रसाद ढकालले प्रस्तुत गर्नुभएको लेखा प्रतिवेदन माथि बन्द सत्र कार्यक्रममा वार्षिक साधारणसभा तथा अधिवेशनमा सभाका सदस्यहरूबाट प्रस्तुत दुबै प्रतिवेदनमा महत्त्वपूर्ण छलफल गर्दै सुझावका साथ पारित गरिएको थियो ।

कार्यक्रममा गुल्मीको कालिगण्डकी गाउँपालिका स्थित पुर्तिघाट सञ्चालन भएको स्वास्थ्य शिविरमा सहयोग गर्ने स्वास्थ्यकर्मी, देखि संस्थाको विभिन्न तहमा रहेर काम गर्ने ऋषिराम शर्मा, सृष्टि गुप्ता, सुस्मा ढकाल, यमकला बस्याल,मुना ढकाल,प्रेरणा नेपाल सहित संस्था सञ्चालक समिति केशवराज ढकाल,बुद्धि सागर बस्याल,जगत शेखर ढकाल,मथुरा पराजुली,विनोद ढकाल,रेशमलाल सुवेदी,राजकुमार दाहाल,रिमा सोमै,लेखा सुपरिवेक्षण समिति संयाेजक रामप्रसाद ढकाल, लेखा सदस्य टिकाराम ढकाल र केशव केसी लाई पनि कार्यक्रमकाे अवसरमा सम्मान-पत्रले सम्मान गरिएको थियो । कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे तेस्रो वार्षिक साधारणसभा तथा दाेस्राे अधिवेशनले पुनः केशवराज ढकालकाे नेतृत्वमा एघार सदस्यीय सञ्चालक समिति निर्वाचित गरेको छ। अध्यक्ष केशवराज ढकाल,उपाध्यक्ष मथुरा पराजुली आचार्य, सचिव बुद्धि सागर शर्मा, सह-सचिव राजकुमार दाहाल, काेषाध्यक्ष विमला शर्मा र सञ्चालक सदस्यमा रमेश न्याैपाने लगायतका सञ्चालक सदस्यहरू निर्वाचित भएको जानकारी प्रमुख निर्वाचन आयुक्त नारायण प्रसाद ज्ञवालीले गराउँनुभयाे। कुसुम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पाल्पाका अध्यक्ष केशवराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका सदस्य विनाेद ढकालको स्वागत एवं शिक्षा उपसमिति सदस्य हिरा आचार्यकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियोे ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *