पाल्पा, प्रेस चौतारी नेपाल पाल्पा शाखाले यही बैंशाख २७ गते स्थापना दिवस मनाउने भएको छ । शाखाको तानसेनमा बसेको बैंठकले विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने निर्णय गरेको हो । प्रेस चाैतारी नेपाल पाल्पा शाखाले स्थापना दिवसको अवसरमा माध्यमिक तह विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगिता समेत सञ्चालन गर्ने भएको छ।
त्यस्तै प्रेस चाैतारी नेपाल पाल्पाले विभिन्न विधामा स्थापना गरेको पत्रकारिता पुरस्कार २०८२ का लागि प्रदान गर्ने चौतारी पत्रकारिता पुरस्कारकाे प्राप्त श्रमजीवी पत्रकारकाे नामावली सार्वजनिक गर्ने निर्णय गरेको छ । उक्त पुरस्कारको वितरण गर्नका लागि तीन सदस्यीय छनाैट समिति समेत गठन गरेको छ । प्रेस चाैतारी नेपाल पाल्पा शाखाले मे १ बैशाख १८ गते मजदुर दिवसको अवसरमा जिल्लाका सञ्चार गृहमा काम गरिरहेका श्रमिकहरुलाई सम्मान गर्ने समेत निर्णय गरेको छ । बैठककमा शाखाले बार्षिक कार्य योजना बनाएर काम गर्ने, विभिन्न समयमा गरिने प्रेस चौतारी घुम्ती बैठक सञ्चालन गर्ने, सदस्यता बृद्धि गर्ने लगायतका विषय केन्द्रीत निर्णय गरेको छ ।
प्रेस चाैतारी नेपाल पाल्पा शाखाकाे सचिवालय पदाधिकारीकाे बैठकमा प्रमुख अतिथिकाे रूपमा बाेल्नुहुदै नेकपा एमालेका जिल्ला कमिटी सदस्य एवं प्रेस चौतारी इन्चार्ज राजेशकुमार अर्यालले पत्रकारले जनताकाे आवाज र जीवनशैलीसँग जोडिने खोजिमुलक समाचारमा ध्यान दिई समाजकाे परिवर्तन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयाे । उहाँले अबका दिनहरूमा परम्परागत धारणा,विचारबाट पत्रकारिता चल्न नसक्ने बताउँदै प्रविधिमैत्री आधारित पत्रकारिताको खाँचो रहेको समेत बैठकमा प्रमुख अतिथि अर्यालले बताउँनुभयाे । फरक प्रसङ्गमा उहाँले पाल्पामा धेरै विषय समाचारका स्राेतहरु रहेका छन् तर ती ओझेलमा परेकाले पत्रकारले चनाखो भएर त्यसतर्फ ध्यान दिन र चाैतारी आवद्ध पत्रकारहरूले कलम चलाउनलाई जोड दिनुभयाे ।
कार्यक्रममा प्रेस चौतारी नेपालका पूूर्व केन्द्रिय सदस्य एवं प्रदेश सह–इन्चाज कमलराज तिमिल्सेनाले पत्रकारिता पेशामा नयाँ पुस्तालाई जोड्ने गरी चौतारीले अभियान चलाउनलाई अनुरोध गर्नुभयाे । अहिलेका नयाँ पुस्ता पत्रकारितामा चाख नदेखाउँदा पेशा नै लोप हुने अवस्थामा पुगेको उहाँको भनाई थियोे ।
चौतारी लुम्बिनी प्रदेश समिति सचिव कृष्ण पोखरेलले प्रदेश समितिले जारी गरेको पत्रकार आचारसंहिता, प्रदेश समितिको बार्षिक कार्ययोजना र कार्यक्रम बारेमा जानकारी गराउँनुभएको थियोे । सचिवालय बैठक प्रेस चौतारीका जिल्ला अध्यक्ष कृष्ण कार्कीको अध्यक्षता, उपाध्यक्ष शाेभाकान्त पाठकको स्वागत र सचिव दयाराज न्यौपानेको सञ्चालनमा बैंठक सम्पन्न भएको थियो ।