पाल्पा, ‘चाैथाे रामपुर महाेत्सव तथा व्यापार मेला-२०८१’ काे महाेत्सवकाे जिङगललाई सार्वनजिक गरिएको छ । उद्योग वाणिज्य संघ रामपुरको आयोजनामा हुने चाैथाे महाेत्सव “आर्थिक समृद्धिका लागि उद्योग र व्यापार, कालीगण्डकी उपत्यका बिकासको आधार” भन्ने नारा सहित आगामी माघ १५ देखि २७ सम्म हुन लागेकाे मेलाकाे जिङगल तयार भएको हो ।
महाेत्सवकाे जिङगलमा ख्याती प्राप्त गायक बद्रि पंगेनी लगाएत कलाकारहरूकाे संयुक्त आवाजमा रहेको छ। महाेत्सवले रामपुर नगरपालिका लगाएत कालीगण्डकी उपत्यका बेशीक्षेत्रमा रहेको ऐतिहासिक,धार्मिक तथा पर्यटकिय स्थलहरुको व्यापक प्रचार प्रसार गर्ने,यहाँकाे कला सांस्कृतिकलाई विश्वभर चिनाउने एवं कृषिजन्य उत्पादनको बजारीकरण गर्ने लक्ष्य लिएको छ ।