जातीय विभेद अन्त्य गरेर मात्र समाजवादमा जानुपर्छ : आहुती

पाल्पा, रिब्दीकाेट गाउँपालिकाकाे गाउँपालिकास्तरीय दलित समन्वय समितिकाे आयोजना एवं रिब्दीकाेट गाउँपालिकाकाे आर्थिक सहयोगमा एकदिने प्रशिक्षण तथा अन्तक्रिर्या कार्यक्रम गरिएको छ। “जातीय विभेद मुक्त समाज, समाजवाद निर्माणकाे मुख्य आधार : दलित तथा गैरदलित समुदायको भूमिका” भन्ने मूल नाराका साथ गरिएको एकदिने प्रशिक्षण तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।

रिब्दीकोट गाउँपालिकालाई दलित जातीय भेदभाव शून्य बनाउने र दलित समुदायकाे हक अधिकार स्थापित गराउने उद्देश्यले प्रशिक्षण तथा अन्तक्रिर्या कार्यक्रमकाे आयोजना गरिएको हाे । आयोजित कार्यक्रममा विभिन्न तहका राजनीतिक दलका नेता एवं सामाजिक अभियन्ता, बुद्धिजीवी स्थानीय जनप्रतिनिधि, शिक्षक, युवा तथा महिला समूहका प्रमुख प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।प्रशिक्षण तथा अन्तक्रिर्या कार्यक्रममा प्रगतिवादी लेखक एवं विश्लेषक विश्वभक्त दुलाल (आहुती) ले जातीय भेदभाव अन्त्य गर्न दलित र गैरदलित दुबै समुदायको भूमिका अपरिहार्य रहेको बताउँनुभयाे । उहाँले प्रशिक्षण एवं अन्तक्रिर्या कार्यक्रममा बाेल्दै “जातीय भेदभाव अन्त्य गरेर मात्र समाजवादमा जानुपर्छ,” आहुतीले भन्नुभयाे, “समाजवादमा गएपछि भेदभाव अन्त्य हुन्छ भन्नु भ्रम हो।” भन्दै निजी दुखको अन्त्य हुनु नै समाजवादको आधार भएको बताउँदै उहाँले संविधानमा समावेशी प्रणालीको संकेत भएता पनि समाजवाद उन्मुख सम्वन्धि आवश्यक रहने आधारहरू स्पष्ट उल्लेख नभएको धारणा राख्नुभयाे।

कार्यक्रममा संविधानसभा सदस्य लीला सोमैले दलित,महिला र जनजातिहरूले ब्राह्मणवाद र प्रतिक्रियावादसँग जुध्दै अधिकार सुनिश्चितताका लागि अझ दृढ संघर्ष गर्नुपर्ने आवश्यकता रहेको औंल्याउँनुभयाे। उहाँले “संविधानले हक अधिकार दिएको भए पनि कार्यान्वयनको पक्ष कमजोर हुँदा दलित समुदाय अझै पनि उत्पीडनमा रहेको र थिचोमिचो सहन बाध्य छन्,” सविधानसभा सदस्य सोमैले भन्नुभयाे । कार्यक्रममा रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जातीय समानता,सामाजिक न्याय र समाजवादको लक्ष्य प्राप्तिका लागि दलित र गैरदलित समुदायबीचको समझदारी एवं सहकार्यकाे आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयाे। उहाँले गाउँपालिकाले समाजमा समानता र समावेशिता प्रवर्द्धन गर्नलाई विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी गराउँनुभयाे।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेकपा एमालेका चिरञ्जीवी पोखरेल, नेकपा (माओवादी केन्द्र) का जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्मा र जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी सहित नेताहरूले कानुनी रूपमा जातीय भेदभाव निषेध भएता पनि व्यवहारमा विभेद अझै कायम रहेको औंल्याउँदै, यस्ता अमान्य गतिविधि गर्नेलाई कानूनकाे दायरामा ल्याई कार्वाही भेदभावको अन्त्यका लागि समुदाय स्तरमै सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेकोले पनि यसमा सबैकाे साथ सहयोग आवश्यक हुने धारणा व्यक्त गर्नुभएकाे थियोे । कार्यक्रममा सहभागीहरूले शिक्षा, सामाजिक चेतना, कानुनी पहुँच र राजनीतिक दृष्टिकोण सहभागितालाई सशक्त बनाउन जोड दिँदै अब जातीय भेदभाव विरुद्धको अभियानलाई संस्थागत रूपमा अघि बढाउनुपर्नेमा सहमति जनाउँनुभएकाे थियाे।

कार्यक्रम दलित समन्वय समिति अध्यक्ष सम्बर विश्वकर्माले “हामी विभेदको अन्त्य मात्र होइन, समानताको अभ्यासलाई संस्थागत गर्न खोजिरहेका छौं । त्यसका लागि दलित र गैरदलित दुवै समुदायको सक्रिय भूमिका जरुरी छ,” त्यसका लागि आगामी दिनमा यस्ता कार्यक्रमलाई वडास्तरसम्म पुर्‍याउन कार्यक्रम निरन्तर सञ्चालन गरिने समेत जानकारी दिनुभयाे। कार्यक्रम दलित समन्वय समिति अध्यक्ष सम्बर विश्वकर्माको अध्यक्षता र आरबी निश्चलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *