जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न

पाल्पा,सकारात्मक सोँच र स्वस्थ जीवनका लागि जीवन र जगत सम्बन्धी २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा २ दिने मेडिटेशन मोटिभेशन कार्यक्रम आईतबार सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका साँसद तथा अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठले मानसिक समस्या र सकारात्मक सोँचको कमीका कारण हरेक क्षेत्रमा वितृष्णा पैदा भई रहेको भन्दै नेपालको परिवेशमा आध्यात्मिक ज्ञान महत्वपूर्ण रहेको बताउनु भएको छ । उहाँले मानसिक समस्याको उपचार विधि नै ध्यान धैर्यता भएको बताउनुभयो ।सांसद श्रेष्ठले २ दिनको अवधिमा जीवन परिवर्तनका लागि सिकेका कुरालाई व्यवहारमा उतार्न सके त्यसले स्वत परिणाम दिने भन्दै जीवन र समाज सुधार संगै परिवर्तनका लागि आफैबाट शुरुवात गर्न आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले साधनाको माध्यमबाट मानिसको जीवन पद्धतिलाई परिवर्तन गर्न सकिने बताउनु भएको छ । सकारात्मक उर्जा प्राप्तिका लागि आध्यात्मिक ज्ञानको आवश्यकता रहेको बताउनुभयो । आध्यात्मको माध्यमबाट स्वय आफैलाई सुधार्न सके शान्त र समुन्नत समाज निर्माण हुने बताउनुभयो । अरुलाई दोष दिएर समाजमा विकृति विसंगति पैलिएको भन्दै यसका लागि सबै व्यक्ति सुध्रिनु पर्नेमा जोड दिनुभयो । साथै उहाँले २ दिनको अवधिमा सिकेका कुरालाई दैनिक जीवनमा प्रयोग गर्दै सकारात्मक सोँचका साथ अगाडी बढ्न र आफुले जानेका ज्ञानलाई बाँड्न अनुरोध गर्नुभयो ।

यस्तै रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले अहिले समाजमा वितृष्णा संगै विकृति विसंगती बढेको भन्दै यसको निराकरणका लागि आध्यात्मिक ज्ञानको आवश्यकता औँल्याउनुभयो । उहाँले आध्यात्मिक ज्ञानले मानिसको विचार संगै जीवन परिवर्तन गर्ने बताउनुभयो ।

कार्यक्रममा आचार्य श्री महेन्द्र बशिष्टले जीवन र जगतको बारेमा आचार्य विवेकले बुद्ध र बुद्धत्व र सुनिता पाण्डेले खानपान र जीवन शैलीको बारेमा ज्ञान सिकाउनु भएको थियो । नमस्ते पाल्पाको सभाहल रामपुरमा भई रहेको कार्यक्रममा जनप्रतिनिध राजनितिक दल विद्यालयका प्रधानाध्यापक विव्यस अध्यक्ष कर्मचारी पत्रकार लगाएत गरी ३ सय बढीको सहभागिता रहेको थियो ।

नगर प्रमुख थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेशका साँसद तथा अर्थ उद्योग तथा पर्यटन विकास समितिका संयोजक राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रमको सञ्चालन योजना शाखा प्रमुख विक्रम बस्नेतले गर्नु भएको थियो । कार्यक्रम प्रशिक्षकहरुलाई पाल्पाली ढाका टोपी र करुवा सहित सम्मान गरिएको थियो ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *