पाल्पा, जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्तुङ्ग,पाल्पाले ट्राफिक सचेतना सम्वन्धि कार्यक्रम सञ्चालन थालेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्नका लागि सचेतना कार्यक्रमलाई अभियानका रुपमा अगाडि बढाउँदै ट्राफिक प्रहरीले कार्यालयले सरस्वती माध्यमिक विद्यालय तानसेन-७, सुन्दरगाउँमा ट्राफिक सचेतना कार्यक्रम गरेको ट्राफिक प्रहरी कार्यालयले जनाएको हाे।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी नायव निरीक्षक रामप्रसाद खनालले ट्राफिक सचेतना सम्वन्धि कार्यक्रम विद्यार्थी एवं अन्य सरोकारवालाहरुलाई सचेततामुलक ट्राफिक नियमकाे पालना तथा ट्राफिक सम्वन्धि कुरा सिकाउन सचेतना कार्यक्रम सुरु गरिएको बताउँनुभयाे । उहाँले आगामी दिनमा सरकारी निकाय र अन्य संघसंस्थाहरूको समन्वय तथा सहकार्यमा ट्राफिक ज्ञानलाई बृहत रूपमा अघि बढाउँदै ट्राफिक सचेतना कार्यक्रमलाई तीव्रता दिने समेत बताउँनुभयो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्तुङ्ग,पाल्पा एवं तानसेन- ७ नं. वडा कार्यालयको संयुक्त आयोजनामा तानसेन नगरपालिका-७, सुन्दरगाउँमा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरूलाई ट्राफिक नियमका बारेमा जानकारी तथा सचेत गराउने काम गरिएको ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव निरीक्षक कार्यक्रमकाे सहजीकरणमा बताउँनुभयो ।
“सडकमा हुने दुर्घटना घटाउँ, असुरक्षित यात्रा आजैबाट हटाउँ “ भन्ने आदर्श ब्याक्य सहितको नारा दिएर गरिएको ट्राफिक सचेतना सम्वन्धि कार्यक्रममा ट्राफिक नियमकाे पालना,ट्राफिक चिन्ह,सडककाे प्रयोग गर्दा अपनाउनु पर्ने साबधानी एवं सवारी दुर्घटना न्यूनीकरणका विषयमा विद्यार्थीलाई सचेतना गरिएको बताउँदै प्रहरी नायव निरीक्षक खनालले ट्राफिक नियम सम्वन्धि कुरामा ध्यान नदिँदा हुने विभिन्न खालका सडक दुर्घटना बारेमा सचेतना दिने र दुर्घटना न्यूनीकरणलाई कसरी कम गर्न सकिन्छ भन्ने उद्देश्यबाट विद्यालयमा ट्राफिक सचेतना सम्वन्धि कार्यक्रम गर्दै आएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक खनालले बताउँनुभयो ।
ट्राफिक प्रहरी कार्यालयले सशस्त्र प्रहरी बल नेपाल नं ३५ गुल्म हेड क्वाटर पाल्पाका अधिकृत तथा जवानलाई समेत ट्राफिक नियम, चिन्ह, सडक प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी सवारी दुर्घटना न्यूनीकरणका विषयमा केन्द्रीत प्रशिक्षण दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।