ड्रागन फ्रुट’ खेतीमा रम्नु भएकाे कुँवरकाे लाेभ्याउने आम्दानी

नवराज ज्ञवाली पाल्पा, तानसेन नगरपालिका–१०, भैरमटारी, तेल्घाका किसान गाेमा कुँवरले गर्नुभएको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी गर्न सफल भएको बताउँनुहुन्छ । कुँवरले विगत पाँच वर्षदेखि ड्रागन फ्रुटकाे खेती गर्दै आएको भन्नुहुन्छ। ड्रागन खेतीबाट राम्रो आम्दानी भएपछि ड्रागन फ्रुट खेती विस्तार गर्ने साेँच बनाएको उहाँ बताउँनुहुन्छ । यसमा एकपटककाे लगानी गरेपछि लगातार आम्दानी लिन सकिने खेती भएकोले पनि आफूले ड्रागन फ्रुट खेती गर्न थालेको भन्नुहुन्छ । उहाँले सुरुमा घरकाे चार रोपनी जग्गामा स्थायी संरचना निर्माण गरेर ड्रागन फ्रुट खेतीकाे सुरुवात गरेको बताउँनुहुँदै यसबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने विश्वासले आफूले ड्रागन फ्रुट खेती विस्तार गर्न लागेको बताउँनुहुन्छ । जग्गा भडामा लिएर खेती गर्ने साेँचमा रहेको उहाँ बताउँनुहुन्छ। पहिलोपटक खेती सुरु गर्दा खेतीका लागि आवश्यक पर्ने स्थायी संरचना निर्माण गर्दा र एक सय पचास बाेट बिरूवा खरिद गर्दा पाँच लाख रूपैयाँ बढी लगानी लागेको बताउँदै उहाँ भन्नुहुन्छ । पाँच लाख लगानीबाट सुरु गरेको खेतीले अहिले वार्षिक पाँच लाखदेखि सात लाख रूपैयाँ सम्मको व्यापार हुने गरेको उहाँ बताउँनुहुन्छ ।

व्यापारलाई बजार खाेजी गर्नकै लागि केही कतै जान नपर्ने यहीँ स्थानीय बजारमा पर्याप्त बिक्री र माग रहेकोले माग अनुसारको ड्रागन फ्रुट बजारमा पुर्‍याउन नसकेको बताउँदै थप खेत विस्तार गर्ने साेँच बनाएको उहाँ बताउँनुहुन्छ । याे खेतीबाट जति उत्पादन लिन सक्यो त्यति फाइदा हुँदाे रहेछ । स्वदेशमा राेजगारी भएन भन्नेहरूका लागि उहाँले याे उदाहरण प्रस्तुत गर्दै भन्नुहुन्छ, राेजगारी अरूले दिने हाेईन आफैले खाेज्ने हाे। राेजगार भएन भनेर विदेश जानुभन्दा यहीँ स्वदेशमा आफ्नो घर-परिवारसंग रहेर आफ्नै माटोमा रम्न,पाैरख कमाउन आग्रह समेत गर्नुहुन्छ ।ड्रागन फ्रुट किसान कुँवरले भन्नुहुन्छ स्वदेशकाे माटोमा पाखुरा बजार्न आफ्नो ऊर्जा यहीँ माटोमा खर्चिनलाई युवा पुस्तालाई आग्रह समेत गर्नुहुन्छ । विदेश जादैमा सबैथाेक प्राप्त हुन्छ भन्ने छैन,पाैरख आफ्नो माटोमा नै गर्नुपर्छ,आफ्नै माटाेकाे सुगन्धमा रम्नुपर्छ,अनि पाे स्वाभिमान बन्न सकिन्छ । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उहाँ बताउँनुहुन्छ। विदेश जाने खर्च आफ्नै गाउँघरमा बसेर कृषि उद्यम तथा व्यवसायिक जुन खेती गरेपनि राम्रो हुँदाे रहेछ उहाँ भन्नुहुन्छ । आफूले पनि ड्रागन फ्रुट खेती कुनै तालिम वा अनुभवले नगरेको बताउँदै घरकाे खाली जग्गा व्यवस्थापन गर्नलाई याे खेती गरेकाे अहिले ड्रागन फ्रुटकाे व्यवसायिक किसान बन्न पुगिएछ उहाँ भन्नुहुन्छ। वार्षिक लगानी अनुसारको राम्रो आम्दानी लिन सकिने खेती भएकोले पनि यसमा भविष्य राम्रै हुन्छ उहाँ कुराकानीमा भन्नुहुन्छ ।राेजगारीकाे अवसरमा देश छाेडेर बाहिरिनेहरूका लागि उहाँले भन्नुभयाे ऊर्जा समय विदेशमा हाेइन यहीँ स्वदेशमा खर्चिने हाे।अवसर पनि यहीँ खाेज्ने हाे। राेजगार भएन भनेर ठूलो धनराशी खर्चिएर विदेश जानुभन्दा त्यो लगानी यहीँकाे माटोमा गर्ने हाे भने व्यवसायी बनिदाे रहेछ, विदेशमा खर्चिने श्रमले त्यहीकाे देश बन्ने हाे। अनि हामीले ऊर्जा उता गएर खर्चिने कसरी देशमा राेजगारी हुन्छ त उहाँ भन्नुहुन्छ ।राेजगारी आफैले सिर्जना गर्ने हाे सरकारले त्यो वातावरण दिने मात्र हाे अनि देश पनि बन्छ हामी पनि राेजगारीमा हुनेछाैँ उहाँ भन्नुहुन्छ । जुनसुकै मौसममा पनि हुने र जस्तो माटोमा पनि यो फल लाग्ने भएकाले यसको खेती गर्न युवाहरूलाई विदेश छाेडेर स्वदेशमा आउन आग्रह गर्दै यहीँ माटोमा श्रम गर्न कुँवरले सुझाउँनुहुन्छ ।

ड्रागन फ्रुट वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो रु. पाँच सय भन्दा बढी मूल्यमा बिक्री हुने गरेको बताउँदै यसबाट राम्रो आम्दानी लिन सकिने भएको खेतीमा लाग्न युवाहरूलाई आग्रह गर्नुहुन्छ । आफूले ड्रागन फ्रुट खेतीलाई प्रोत्साहन गर्न भनेर वा तारबार गर्न भनेर कुनै पनि सरकारी कार्यालयबाट अनुदान स्वरूप सहयोग प्राप्त नगरेको कुँवरले बताउँनुहुन्छ। कृषि ज्ञान केन्द्र पाल्पाबाट कार्यालयकाे फिल्ड अवलोकनमा आउँदा आफ्नो फार्ममा समेत पस्ने गर्नुहुन्छ,उहाँहरूलेआवश्यक परामर्श सहितको प्राविधिक सल्लाह दिने गर्नुहुन्छ, कुँवरले कुराकानीकै क्रममा बताउँनुहुन्छ । यसबाहेक उक्त कार्यालयबाट अरू कुनै पनि अनुदान आर्थिक रकम आफूले प्राप्त नगरेको र त्यसका लागि कुनै प्रक्रिया समेत नगरेको उहाँले बताउँनुभयाे । ड्रागनकाे बिरूवा एकपटक लगाए पछि समय–समयमा सामान्य गोडमेल तथा सिँचाइ बाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य बालीखेतीको तुलनामा यसको खेतीबाट राम्रो भएको बताउँदै याे खेतीबाट प्रशस्त आम्दानी लिन सकिने समेत उहाँ बताउँनुहुन्छ ।

ड्रागन फ्रुट खेती अन्य खेती गर्दा जस्तो धेरै मिहिनेत गर्न नपर्ने हुँदा यस खेतीमा सबैकाे आकर्षक रहने ड्रागन फ्रुट किसान गाेमा कुँवर बताउँनुहुन्छ। आफूले गरेको याे ड्रागन फ्रुट खेतीमा घरपरिवारले दरिलो साथ सहयोग दिएकोलेपनि आफू यस खेतीमा सफलता प्राप्त गरेको उहाँ बताउँनुहुन्छ।

शेयर गर्नुहाेस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *