पाल्पा, तानसेन बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बनाउन सिटी फिडरको शुभारम्भ गरिएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले तानसेनकाे बराङ्दीमा विद्युत आपूर्ति सहजका लागि फिडरकाे व्यवस्था गरेकाे हाे । नेपाल विद्युत प्राधिकरणले व्यवस्था गरेको फिडरकाे लुम्बिनी प्रदेशका सांसद वीरबहादुर राना र तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले संयुक्त रुपमा स्वीच अन गरेर सेवाकाे शुभारम्भ गर्नुभएको छ ।
तानसेन नगरपालिका-१, बराङ्दीमा रहेको मुख्य ट्रान्सफर्मरको स्वीचलाई अन गरेर विद्युत् फिडर सेवाको शुभारम्भ गरेसंगै सेवा शुभारम्भ भएको हाे ।बराङ्गदीमा रहेको फिडर सुरु भएसंगै अब तानसेन बजार क्षेत्रमा लाइन जाने समस्याको अन्त्य भएको छ । ग्रामीणक्षेत्रमा हावाहुरी र अन्य कारणले विद्युत अवरुद्ध हुँदा तानसेनको विद्युत लाइन अवरुद्ध हुने समस्यामा रहेका तानसेन नगरवासीहरूलाई अबदेखि स्थायी रूपमा समस्या समाधानका लागि सिटी फिडर जडान गरिएको नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्र प्रमुख दिलिप मरासिनीले कुराकानीमा बजार क्षेत्रको विद्युत् आपूर्ति सहज बराङ्गदीमा विद्युत फिडरकाे व्यवस्था गरिएको बताउँनुभयो ।उहाँले ग्रामीण क्षेत्रको लाईन र बजार क्षेत्रका केही टोलहरुमा सप्लाई हुने विद्युत एउटै फिडरबाट आपूर्ति हुँदा बजार क्षेत्रको विद्युत् आपूर्ति असहज हुने गरेकोमा आगामी दिनमा बजार क्षेत्रको विद्युत् आपूर्ति सहज हुने बताउँनुभयो ।
तानसेन वितरण केन्द्रले अब गाउँतिरको विद्युतमा कतै समस्या भएपनि तानसेन बजार क्षेत्र अव अन्धकारमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको समेत बताउँनुभयाे । उहाँले गाउँमा पनि बिजुली जाने समस्याको अन्त्य गर्न पहल गरिरहेकोले छिट्टै समाधान हुने बताउँनुभयो ।