पाल्पा, “तानसेनका रैथाने” विषयक बृहत अन्तरक्रिया कार्यक्रम तानसेनमा सम्पन्न भएको छ । कार्यक्रम राजेन्द्र विक, अर्चना शाक्य र रामचन्द्रमान सिंहले प्रस्तूत गर्नुभएको “तानसेनका रैथाने” कार्यपत्र माथिकाे छलफलमा तानसेन नगरपालिका उप-प्रमुख प्रतिक्षा गाहा सिंजालीले उपस्थित सबैलाई स्वागत गर्दै आधुनिक जीवनशैलीले पारेको प्रभाव र मौलिक संस्कृति संरक्षणमा चुनौती आएको आफुले महुसुस बताउँनुभयाे । उहाँले कार्यक्रममा बाेल्दै “तानसेनका रैथाने” विषयक कार्यपत्र माथि जातजाती तथा उनीहरुको क्रमिक विकास अहिलेको अवस्था संरक्षण, सम्बर्द्धन, विकास,अध्ययन अनुसन्धान र खाेज मूलक कार्य गर्नुपर्ने आवश्यकता रहेकोले यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउँनुभयो ।
उप-प्रमुख गाहा सिंजालीले विविधता बीच एकता कायम गर्न, स्थानीय सरकार संचालन ऐन- २०७८ मा उल्लेख गरिएको व्यवस्था अनुसारको भाषा, संस्कृतिको संरक्षण सम्बन्धि नीति एवं कानून र मापदण्ड, योजना कार्यान्वयन, अनुगमन नियमन जस्ता कार्यहरु गर्न पाउने व्यवस्था भए अनुसार कार्यक्रम तय गरि पहिलो चरणको कार्यक्रम आयोजना गरेको समेत उहाँले बताउँनुभयो । प्रस्तुत कार्यपत्र माथि टिप्पणीकारहरु पुस्कर अथक रेग्मी, निर्मल श्रेष्ठ, केयरसिंह राना, विजय सागर श्रेष्ठ , वनमाली निराकार लगायतले पाल्पाको इतिहास र सेनवंशी इतिहासमा प्रस्तुत तीन कार्यपत्रमा एकरुपता नभएको, नेवार जातीलाई रैथाने, आदिवासी वा जनजाती मान्नु हुन्छ ? के भनेर प्रमाणित गर्न चाहानु हुन्छ ? भनि प्रस्तुत कार्यपत्र प्रस्तोतालाई टिप्पणीकार रेग्मीले प्रश्न गर्नुभएको थियो । उहाँहरूले प्रस्तुत कार्यपत्र माथि उपयुक्त शिर्षक राख्नुपर्ने लगायतका टिप्पणीहरू गर्नुभएको थियोे ।
कार्यपत्र प्रस्तोताको प्रस्तुति टिप्पणीकारको कार्यपत्र माथिको टिप्पणी पछि खुल्ला फोरममा टंक भट्टराई , राम ज्ञवाली, अनिल किशोर घिमिरे, विशाल दलार्मी, देव पचभैया लगायतले आआफ्ना जिज्ञासाहरू राख्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले प्रस्तुत कार्यपत्र माथि उठाउनुभएको प्रश्न माथिको जिज्ञासा मेटाउँदै सत्य तथ्य खोज अनुसन्धान गरेर “तानसेनका रैथाने” विषयलाई छलङग पार्ने बताउदै कार्यक्रमका अध्यक्ष तथा तानसेन नगपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रममा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि एवं संघसंस्थाका प्रमुख प्रतिनिधि विद्यालयका प्रधानाध्यापक, क्याम्पस प्रमुख, पत्रकार, स्थानीय बासिन्दा र नगरपालिका कर्मचारी सहित करिब एक सय पचास जना बढीको सहभागिता रहेको तानसेन नगरपालिका प्रवक्ता यादवसिंह कार्कीकाे सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।